
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूले छाडेर हिँडेको एमाले जिम्मेवार प्रतिपक्षका रुपमा प्रस्तुत हुन नसकेको आ,रोप लगाएका छन्। त्यस्तै, राजावदीहरुलाई देशको लागि जिम्मेवारी हुननसकेको साथै अड्चन र समस्या जन्माएको आ,रोप लगाएका छन्।
सभामुख अग्निप्रसाद सापकोटाले सोमबार डाकेको सर्वदलीय बैठकमा बोल्दै उनले एमाले जस्तो गैरजिम्मेवार प्रतिपक्ष र ओली जस्तो अराजनीतिक नेता कहिले नदेखेको बताए। उनले भने, ‘राजावादी र केपी ओली सम्झ्यो कि कन्पा,रो तातेर आउँछ यी दुवै राष्ट्रघा,ति र देशद्रो,ही हुन्।’
‘एमाले जस्तो गैरजिम्मेवार प्रमुख प्रतिपक्ष र ओली जस्तो अरुको अपमान गर्ने नेता मैले आजसम्म देखेको थिइनँ। राजावादीहरु पनि त्यस्तै, कामकुरो एकातिर कुम्लो बोकि ठिमितिर’ उनले थपे।
संसदमा पछिल्लो समय लागिरहेका नाराले पनि यो कुरा पुष्टि गर्छ’, उनले भने, ‘प्रमुख प्रतिपक्षीले संसदमा प्रयोग गरिरहेका शब्दहरूले सभ्यताका सबै सीमा नाघेका छन्। राजावदीहरु मरेको लासलाई ट्याउट्याउ कराउदै उठ उठ भन्दैछन्’ उनले फेरि थपे।
प्रमुख प्रतिपक्षी नेता (केपी ओली) अरुको अपमान र मानमर्दन गर्न लाग्नु भएको छ। ओलीसँग न त लोकतान्त्रिक चरित्र छ न त संस्कार नै छ। साथमा राजावादी तथा ज्ञानेन्द्र शाह पनि’ उनले फेरि थपे।