
मन्त्री प्रेम आलेको निर्देशनमा विमानस्थलबाट, प-क्राउ परेका क्यासिनो सञ्चालकले तिरे १३ करोड राजश्व !
काठमाडौं : नेपाल सरकारलाई रोयल्टी,नवीकरण दस्तूर र जरिवाना नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सन्चालककोतर्फबाट प्राइम बैंक जमानत बसेको छ ।
काठमाडौंको सांग्रिला र रुपन्देहीको टाइगर प्यालेस होटलमा क्यासिनो संचालन गर्ने एसएचएल म्यानेजमेन्ट प्रालिका तर्फबाट १४ करोड २० लाख रूपैयाँ बैंक जमानत प्राप्त भएको पर्यटन विभागले जनाएको छ ।
क्यासिनो सन्चालन गरेवापतको रोय’ल्टी, जरिवा’ना र दुई वर्षको नवीकरण दस्तूरसहित १४ करोड २० रूपैयाँ नतिरी अमेरिका भाग्न लागेका क्यासिनो संचालक माइकल बोल्सोवरलाई माघ १ गते साँझ पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा अध्यागमनबाट रोकिएको थियो ।
रोयल्टी र नविकरण दस्तूर नतिरी नेपाल छाड्न नदिने भएपछि कम्पनीको तर्फबाट मंगलबार बैंक ग्यारेन्टी बुझाइएको छ । ग्यारेन्टी जनवरी १८ देखि जुलाई १६ सम्म रहने बैंकले जनाएको छ ।