आइतबार ०८ जेठ २०७९

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको हस्तक्षेपसम्बन्धी एथेष्ट प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरेका छन्।

निर्मल निवासबाट राप्रपामा विगतदेखि नै हस्तक्षेप हुँदै आएको भन्दै थापाले राप्रपालाई राजाको भजनमण्डली हुन नदिने पनि बताएका छन्।

शतप्रतिशत राजावादीहरू भएको पार्टीमा राजाको ठाडो हस्तक्षेप भएको भन्दै उनले राजसंस्था स्थापित हुँदा अन्य पार्टी र राजनीतिमा पनि राजाको हस्तक्षेप हुनसक्ने आशंका गरेका छन्। यसबाट आफू धर्मसंकटमा परेको पनि थापाले उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘अहिले शतप्रतिशत राजावादीहरू भएको पार्टीमा त राजाको ठाडो र फोहोरी हस्तक्षेप (यस सम्वन्धी यथेष्ट प्रमाण हामीसँग सुरक्षित छ) हुन्छ भने भोलि राजसंस्था स्थापित हुँदा अन्य पार्टी र राजनीतिमा राजाको हस्तक्षेप हुँदैन भनेर भन्ने हाम्रो नैतिक धरातल समाप्त भएको छ।’

‘विगतमा झैं राजाबाट प्रजातन्त्र र प्रजातान्त्रिक संस्थामा हस्तक्षेप हुँदैन भनेर अब हामीले कुन मुखले भन्ने?’ उनले प्रश्न गर्दै भनेका छन्, ‘अत्यन्त प्रतिकूल अवस्था पनि राजसंस्थाको एजेण्डा बोकेर हिंडेको म र राप्रपालाई अहिले परेको पिर यही हो। म नैतिक र धर्मसंकटमा परेको छु।’

२०७४ सालमा पार्टी फुटाउन र विगत केही समययता भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रह’त्या गर्ने र राप्रपाकाबारेमा भ्रम सिर्जना गर्ने÷गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको भन्दै थापाले राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना सफल हुन नदिने दृढता पनि व्यक्त गरेका छन्।

राप्रपाको एकता महाधिवेशनले पार्टी एकताको पक्षमा सशक्त मार्गनिर्देशन गरेको भन्दै थापाले अध्यक्ष पदमा पराजयका बाबजुद पार्टी एकताको पक्षमा आफूले निरन्तर सकारात्मक सहयोग गर्ने पनि बताएका छन्। उनि भन्छन्, नेता बिगारेकै ज्ञानेन्द्र ले हो दिन रात घरघरमै बोलाउँदै नेतालाई उल्टो उपदेश दिने ज्ञानेन्द्र शाह हुन।’


Last Updated on: January 21st, 2022 at 12:35 pm
१७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया