आइतबार ०८ जेठ २०७९

दिनेश गौतम, अजवी पौड्याल/रीता थापा/ काठमाडौं, शिवराज भट्ट/ धनगढी, किशोर बुढाथोकी/विराटनगर, केशवशरण लामिछाने / पोखरा, ललितबहादुर बुढा / सुर्खेत, कृष्ण सारू मगर / हेटौंडा, शंकरप्रसाद खनाल / नेपालगन्ज,भरत खड्का / उदयपुर, अनिल ढकाल / चितवन, सन्तोष ढुंगेल / रामेछाप :

सिटामोल अत्यावश्यक औष-धिमा सूचीकृत छ। सरकारले स्वास्थ्य संस्थामा निःशुल्क वितरण गर्ने औ-षधिको सूचीमा दोस्रो नम्बरमा छ। तर, उप-भोक्ताले केही दिनयता यो औ-षधि बजारमा पाउन सकेका छैनन्।

वरिष्ठ नशा रोग विशेषज्ञ प्रा.डा. जगदीश अग्रवालले धेरै औ-षधि पसल चाहर्दा पनि पाएनन्। त्यसको विकल्पमा अर्को औषधि खरिद गरे। एमाले सांसद शान्ता चौधरीले पनि सिटामोल पाइनन्। उनले यसबारे बिहीबार सामाजिक सञ्जालमा लेखेर असन्तुष्टि जनाइन्।

औ-षधि उत्पादक र व्यवसायीबीचको साँठगाँठले सिटामोलको कृत्रिम अभाव गराइएको उपभोक्ताकर्मीको दा’बी छ। ‘पारासिटामोलको कृत्रिम अभाव गराइएको छ। सरकारलाई अप्ठेरो पार्न र उपभोक्ताको घाँटी अठ्याउन अपराधजन्य प्रपञ्च गरिएको छ’, उपभोक्ता हित संरक्षण मञ्चका उपमहासचिव अधिवक्ता विष्णु तिमिल्सेनाले भने, ‘विदेशबाट आयात गर्न नदिने र कृत्रिम अभाव सिर्जना गरेर मूल्यवृद्धि गर्न खोजिएको छ।’ पारासिटामोल उत्पादन निरन्तर रहेको नेपाल औ+षधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले बताए। भने, ‘स्वदेशमै २०–२२ वटा उद्योगले उत्पादन गरेका पारासिटामोल बजारमा छन्। नियमित उत्पादन गरी बजारमा पठाइरहेका छौं।’

नेपाल औ’षधि- व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठका अनुसार एक साताअघि अभाव थिएन। ‘एक–दुई दिनयता ओमिक्रोनको संक्र’मण ह्वात्तै बढ्यो’, अध्यक्ष श्रेष्ठले भने, ‘संक्र’मण हुँदा ज्वरो आउने भएकाले उपभोक्ताले आवश्यकताभन्दा बढी खरिद गरे। माग बढी भयो। आपूर्ति कम भयो।’ सरकारले ओमिक्रोन सं’क्रमितको छुट्टै संख्या सार्वजनिक गरेको छैन। तर, पछिल्लो संक्रमणदर वृद्धि हुनुमा ओमिक्रोन नै कारक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमितमा ज्वरो आउने र जीउ दुख्नेलगायत लक्षण देखिएका छन्। औ-षधि उत्पादक संघका अध्यक्ष पाण्डेका अनुसार व्यवसायीले पारासिटामोल उत्पादन गरिरहे पनि उपभोक्ताले बढी मात्रामा खरिद गर्दा नै अभाव भएको हो।

लाइसेन्स छ, उत्पादन छैन
सरकारी स्वामित्वको नेपाल औ-षधि लिमिटेडले दुई सातादेखि सिटामोल उत्पादन गर्न सकेको छैन। अन्य झन्डै दुई दर्जन निजी फर्मास्युटिकल्समध्ये केहीले महामारीको समयमा न्यून मात्रामा उत्पादन गरेका छन्। कसैले उत्पादन नै गरेका छैनन्। १४ वर्षदेखि मूल्य समायोजन नगरिएपछि दबाब दिन अभाव सिर्जना गरिएको केही उत्पादकले बताएका छन्।
औ-षधि व्यवसायीका अनुसार १ चक्की बनाउन १ रुपैयाँ १८ पैसा लाग्छ। फार्मेसीलाई प्रतिचक्की ७५ पैसामा बिक्री गर्नुपर्छ। त्यही चक्कीलाई उपभोक्ताले एक रुपैयाँ तिर्नुपर्छ। एक व्यवसायीले भने, ‘जानीजानी घाटा खाएर किन उत्पादन गर्ने ? लाइसेन्स लिएर पनि उत्पादन नगरी बसेको छु।’

औ-षधि व्यवस्था विभागबाट एमटेक मेड, एप्पल फर्मास्युटिकल्स, आर्या फर्मा ल्याब, बायोगेन रेमिडिज, देउराली जनता फर्मास्युटिकल्स, एभरेस्ट फर्मास्युटिकल्सले यो औषधि उत्पादन गर्ने लाइसेन्स लिएका छन्। जेनेटिका ल्याबोरेटरी, कस्तुरी फर्मास्युटिकल्स, लोमस फर्मास्युटिकल्स, नेसनल हेल्थ केयर, नेपाल फर्मास्युटिकल ल्याब्रोटरी, निप्पोन फर्मास्युटिकल्स, नोभा जेनेटिका, फर्माको इन्डस्ट्रिज, रोयल फर्मास्युटिकल्स, सिद्धार्थ फर्मास्युटिकल्स, सीमका ल्याबरोेटरिज, एसआर ड्रग ल्याबरोटरिज, सुप्रिम हेल्थ केयर, युनिक फर्मास्युटिकल्स, टाइम फर्मास्युटिकल्स, युनिक फर्मास्युटिकल्स, युनिभर्सल फर्मुलेसन, विजायदीप ल्याबरोटरिजले पनि अनुमति लिएको विभागले जनाएको छ।

विभागले यी उद्योगलाई कच्चा पदार्थ, प्याकेजिंगलगायत तयारी औषधि वितरणको विवरण २४ घन्टाभित्र नियमित रूपमा उपलब्ध गराउन निर्देशनसमेत दिएको छ। विभागले दर्ता भएका औ–षधि उत्पादकलाई मौज्दातमा रहेको कच्चा पदार्थ र थप परिमाण व्यवस्था गरी उत्पादन गर्न अनुरोध गरेको छ। विभागका महानिर्देशक डा. नारायण ढकालले यथोचित विक्रीवितरण गर्न सूचित गरिएको बताए।

को”रोना संक्र-मण एक सातायता ह्वात्तै बढे पनि पारासिटामोल अभाव नै हुने स्थिति छैन। उत्पादकहरू अहिलेको अभाव ‘अप्राकृतिक’ भएको दाबी गर्छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा औषधि पसलले सिटामोल लुकाएको पाइएको छ। विभागको टोलीले गरेको अनुगमनमा सातदोबाटोस्थित गोसाइँकुण्ड स्वास्थ्य सेवा र दीपज्योति औ-षधि पसलमा अनुगमन गरेको हो । यसले कृत्रिम अभाव देखाउँछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले संक्रमितमा ज्वरो आउने भएकाले माग बढेको हुन सक्ने बताए। को’रोना सं’क्रमितले ज्वरो आएको बेला आवश्यक पर्ने हुँदा माग बढेको व्यवसायीको दाबी छ। विभागका महानिर्देशक डा. ढकालका अनुसार बजारमा अभाव हुन नदिन बिरामी तथा उपभोक्तालाई सीमित परिमाणमा मात्र बिक्री वितरण गर्न अनुरोध गरिएको छ।

औषधि व्यवस्था विभाग, औ-षधि उत्पादक संघ, औ-षधि व्यवसायी संघ, नेपाल औ-षधि लिमिटेडलगायत सरोकारवालाबीचको छलफलमा पारासिटामोल बजारमा पठाउने सहमति भएको छ। नेपाल औषधि लिमिटेडले ३० लाख र नेसनल हेल्थ फर्माले १० लाख चक्की उपलब्ध गराउने भएका छन््। मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले सरकारी भण्डारणमा पर्याप्त रहेको बताए। डा. अधिकारीका अनुसार सरकारी फार्मेसीमा १ करोडभन्दा बढी सिटामोल छ। त्यस्तै स्वास्थ्य सेवा विभागअन्तर्गत पथलैया स्टोरमा १० लाख सिटामोल भण्डारणमा छ।

सामाजिक उत्तरदायित्व खोइ ?
उपभोक्ता हित संरक्षण मञ्चका उपमहासचिव तिमिल्सेनाका अनुसार मूल्य वृद्धि गर्न व्यवसायीले कच्चा पदार्थको अभावलगायत विभिन्न बहाना बनाइरहेका छन्। महामारीका बेला व्यवसायीले सार्वजनिक उत्तरदायित्व बहन गर्नुपर्नेमा विश्वासघात गरिरहेको उनको भनाइ छ।

‘पारासिटामोलको मूल्य समायोजन महामारीका बेला गर्ने हो ? यही हो सामाजिक उत्तरदायित्व ?’ उनले प्रश्न गरे। सरकारले सिटामोलको अभाव नभएको बताउने, औषधि पसलमा भने नपाउँदा उपभोक्तालाई असहज भइरहेको डा. अग्रवालले बताए। भने, ‘यो महामारीको बेला व्यवसायीले पनि कृत्रिम अभाव सिर्जना गर्नु भएन। सरकारले पनि जनताको स्वास्थ्यको ख्याल गर्नुपर्छ।’

जहिल्यै अभाव
धनगढीको दिनेश फार्मेसीका सञ्चालक कृष्ण पाण्डेले सिटामोल जहिल्यै अभाव हुने बताए। ‘यसपालि कोरोनाका बिरामी बढेका छन्। अधिकांशलाई ज्वरो आएको छ। त्यसैले यसको माग बढेको हो। तर, कम्पनीहरूले सिटामोल नै नपठाएकाले अभाव भएको छ’, पाण्डेले भने, ‘हामी पनि मेडिकल स्टोरहरूलाई फिर्ता पठाइ रहेका छौं।’ उनका अनुसार धनगढीमा दैनिक १ लाख ट्याब्लेट माग छ।

धनगढी बजारमा एक सयभन्दा बढी थोकमा औषधि बेच्ने फार्मेसी छन्। वेस्टर्न फार्मेसीका सञ्चालक प्रेम बुढा क्षेत्रीले भने, ‘दैनिक १ लाख ट्याब्लेटभन्दा बढी माग छ। तर, कम्पनीहरूले घाटा भयो भनेर उत्पादन गर्न छोडिसके। अनि बजारमा कसरी दिनु ?’ स्वास्थ्यचौकीमा निःशुल्क पाउने सिटामोल पनि ठेकेदारले आपूर्ति गर्न सकेका छैनन्। कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीका अनुसार सर्वसाधारणले पहिलो प्राथमिकतामा सिटामोल खोज्न थालेका छन्। उनले चिकित्सकको प्रेस्क्रिप्सनबिना सिटामोल बिक्री गर्न नपाउने नियम लगाएपछि मात्रै अभाव केही कम हुने बताए। ‘सिटामोलको मूल्य निर्धारण सरकारले गरेको हो।

‘कृत्रिम अभाव हो’
प्रदेश १ का मुख्य सहर विराटनगर, धरान, इटहरी, दमक, बिर्तामोड, गाईघाट लगायतका ठाउँमा सिटामोलको अभाव छ। स्वास्थ्य क्षेत्रका जानकारहरू सिटामोलको कृत्रिम अभाव सिर्जना गरिएको बताउँछन्।

‘एक महिना अघिसम्म पारासिटामोल माग्दा सहजै पाइन्थ्यो,’ उदयपुर गाईघाटका उत्तिम श्रेष्ठले भने, ‘श्रीमतीलाई ज्वरो आएर किन्न जाँदा भनसुन गर्नुप¥यो। नियमित ग्राहक हुँ भनेपछि थोरै रहेछ भनेर १ पत्ता दिएर पठाए।’ कम्पनीले पर्याप्त मात्रामा आपूर्ति नगरेको नेपाल औषधि व्यवसायी संघ संयुक्त जिल्ला शाखाका अध्यक्ष उद्धव दाहालले बताए।

नेपाल औषधि व्यवसायी संघ प्रदेश १ का अध्यक्ष कुमार खतिवडाले मूल्य समायोजन नहुँदा अभाव देखिएको बताए। उनका अनुसार औषधि व्यवस्था विभागले १ रुपैयाँ गोटाभन्दा बढी मूल्यमा बिक्री गर्न नपाउने भनेको छ। सहज उपलब्धताका लागि एक मात्रै विकल्प मूल्य समायोजन रहेको उनको भनाइ छ। भारतका केही कम्पनीका उत्पादन आउन रोकिएकाले यहाँको उत्पादनले धान्न छाडेको उनले बताए। औषधि व्यवस्था विभागको विराटनगर कार्यालयका निमित्त प्रमुख सञ्जीव कट्टेलले भने केही दिनभित्रै आपूर्ति सहज हुने बताए। भने, ‘प्रदेश १ का २ उद्योगले कच्चा पदार्थ भए पनि प्याकेजिङ सामग्री अभाव हुँदा सिटामोल उत्पादन गरेर बजारमा पठाउन नसकिएको बताएका छन्।’

सिटामोल उत्पादन गर्ने कच्चा पदार्थ प्रदेश १ को निपोन उद्योगसँग ६ हजार ८ किलो र इन्टेकमेडसँग ९ सय ८१ किलो मौज्दात रहेको उनले बताए। यसबाट १ करोड ट्याब्लेटभन्दा बढी उत्पादन गर्न सकिने कट्टेलको भनाइ छ। प्रदेश १ मा ५ हजारजति औषधि पसलहरू रहेको विभागले जानकारी दिएको छ।

सरकारले १४ वर्षअघि अर्थात् २०६४ सालमा पारासिटामोल अधिकतम मूल्य प्रतिगोटा १ रुपैयाँ निर्धारण गरेको थियो। त्यसयता मूल्य समायोजन भएको छैन। अध्यक्ष खतिवडाले भने, ‘मूल्य समायोजन नभएको भन्दै उद्योगले उत्पादन गर्न छाडेका छन्। उत्पादन नभएर आपूर्तिमै समस्या हुँदा बजारमा माग बढेसँगै सिटामोलको अभाव पनि देखिएको छ।’


Last Updated on: January 21st, 2022 at 3:50 pm
२२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया