
मन्त्री आले भन्नुहुन्छ : म काम गर्न मन्त्री बनेको हु, कसैलाई छोड्दैन चाहे नेता हुन् या ब्यापारी !
काठमाडौं : नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई ‘आउट’ गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको नजर पशुपति धर्मशाला गएको थियो।
उता मन्त्री आलेको नजर त्यस्ता हरेक ठाउँमा छ जहाँ अनियमितता छ । म जति दिन मन्त्री पदमा बस्छु त्यति दिन जनताको काम गर्ने हो चाहे नेता हुन चाहे ब्यापारिको नाममा तस्कर कसैलाई छोड्दैन ।
उनले भनेका छन् म एक रुपैयाँ पनि खादैन भने मलाई केके डर, म काम गर्न मन्त्री भएको हो त्यसैले मैले आफ्नो दिउटी मात्रै निभाएको हु । भारतीय सहयोगमा पशुपति क्षेत्र विकास कोषको १९ रोपनी जग्गामा निर्माण भएको ३ तलाको ४ सय
बेड रहेको ‘पशुपति धर्मशाला’मा निजी कम्पनी बतास अर्गानाइजेसनले व्यापार गरिरहेको छ। उक्त धर्मशाला पर्यटनमन्त्री आलेले निरीक्षण गरे। मन्त्री आले विहान ११ बजे त्यहाँ गएको उनको सचिवालयले जनाएको छ।
बतास समूहले पशुपति धर्मशालामा २०७६ वैशाख ३० गते होटल आनन्द प्रालिका नाममा पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरेर होटल सञ्चालनमा ल्याएको थियो। यसअघि आलेले नारायणहिटीमा बतास समूहमाथि एक्सन लिँदै ठेक्का रद्ध गरेका थिए।