मंगलबार ०३ जेठ २०७९

काठमाडौं । पठाओ राइडरलाई गरेको आ’रोपमा प्रहरीले दुई जनालाई प’क्राउ गरेको छ।महानगरीय प्रहरी वृत्त सातदोबाटोले लुटपाट गरेको आरो-पमा दुई जनालाई पक्रा’उ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्धिबिक्रम शाहले जानकारी दिए। पक्राउ पर्नेमा सिन्धुलीका २१ वर्षीय सुमन तामाङ र खोटाङको हलेसीका २६ वर्षीय मनराज राई छन्।

घटना शनिबार राति ११ बजेको हो। प्रहरी उपरीक्षक शाहका अनुसार सुमन काठमाडौंको कोटेश्वरबाट धापाखेल जान खोज्दै थिए। उनले त्यसको लागि पठाओ राइडरलाई बोलाए। उनलाई लिन राति पठाओ राइडर उदयपुर गाईघाट घर भई काठमाडौंमा बस्ने २५ वर्षीय प्रविन राई आएका थिए।

उनी बागमती प्रदेश ०२०–०१–००१ प ११६६ नम्बरको एनएस पल्सर मोटरसाइकल चलाउँछन्। सुमनले राइडरलाई आफू सानेपा जाने भनेका रहेछन्।

उनले सुमनलाई कोटेश्वरबाट ललितपुर महानगरपालिका–२४ धापाखेलस्थित आँखीदहमा पु¥याइदिए। तर त्यहाँ मिनराज राई पहिल्यै कुरेर बसेको प्रहरी उपरीक्षक शाहले बताए।

‘चालकलाई सानेपा जाने भनेर धापाखेल लगेका रहेछन्,’ उनले भने, ‘सुमन यात्रु नै बनेर गएका थिए। कुनै चिनजान थिएन।’त्यसपछि दुई जनाले मिलेर प्रविनलाई कु,ट,पि,ट गरेका थिए। कु,ट,पि,ट,पछि उनीहरूले प्रविनको हात पछाडिबाट बाँधिदिएका थिए।

उनको मुखमा पनि पट्टी लगाएर सडकबाट तल एकान्त झाडीमा फालेर दुबै जना मोटरसाइकल लिएर फरार भएको परिसरले जनाएको छ।

उनीहरूले मोटरसाइकलसँगै ब्लु बुक, सामसुङको ए ५० मोबाइल लुटेर लगेका थिए। घटनाबारे प्रहरीलाई बिहान साढे १ बजे खबर भएको थियो। एक स्थानीयले प्रहरी कन्ट्रोल नम्बरमा फोन गरेपछि घटना बाहिरिएको हो।

ती स्थानीयले आफ्नो घरको ढोका नजिकै मुखमा पट्टी लगाएको, हात पछाडि बाँधिएको र शरिरका विभिन्न भागमा चोट लागेका व्यक्ति हारगुहार माग्दै आएको भन्ने सूचना दिएका थिए।

खबर पाएपछि महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले उनको उद्धार गरी उपचारका लागि पाटन अस्पताल पु¥याएको थियो।प्रविनले घटनाबारे प्रहरीलाई जानकारी दिएपछि सातदोबाटो वृत्तबाट प्रहरी नायब उपरीक्षक दिनेश घिमिरे र परिसरबाट संयुक्त रूपमा टोली खटिएको थियो।

प्रहरीले अनुसन्धान गरी काठमाडौंको बलम्बुस्थित चन्द्रागिरि रिकन्डिसन सो रूममा मोटरसाइकल फेला पारेको थियो। त्यस्तै त्यही रिकन्डिसन सो रूममा मोटरसाइकल बेच्दै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक शाहले बताए।

प्रहरीले घट’नासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।


Last Updated on: January 27th, 2022 at 9:06 am
१७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया