मंगलबार ०३ जेठ २०७९

काठमाडौं, ।

नेपाली काग्रेसले माओवादी केन्द्र , नेकपा एस लगायतका कम्युनिष्ट पार्टी सँग गठबन्धन गरेर सरकारको नेतृत्व गरिरहेको छ । यसै विचमा यो गठबन्धन निर्वाचन सम्मै कायम रहलाकी नरहला भनेर पनि विभिन्न चर्चा विश्लेषणहरु हुने गरेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा काग्रेस सँग गठबन्धन गरेर नेकपा एमाले र केपी ओलीलाई पत्तासाफ बनाउँने हुंकार पटक पटक दिएका छन् । त्यसो भएमा कसो होला भन्ने चर्चा पनि हुने गरेको छ ।

यसै विचमा नागरिक समाजका अगुवा एवं वरिष्ठ चिकित्सक डा सुन्दरमणी दिक्षितले भने काग्रेस र कम्युनिष्टको विचमा गठबन्धन गर्ने कुराका बिषयमा स्वादिलो जवाफ दिएका छन् । आउँदो चुनाव बाट पनि पत्तासाफ हुने मन छ भने माओवादी र माधव नेपाल सँग काग्रेसले गठबन्धन गरोस् भनेर दिक्षितले जवाफ दिएका छन् ।

विशेष कुराकानीमा डा दिक्षितले कोही कमजोर छ भने न अर्को सँग गठबन्धन गर्छ नभए किन गर्छरु भन्दै गठबन्धन गर्न तयार हुनुनै काग्रेसको पहिलो हार हुने बताएका छन् ।

काग्रेस र कम्युनिष्ट गठबन्धन गरेर गए पनि जनताले त्यसलाई अस्विकार गर्ने भन्दै दिक्षितले त्यसको सोझो फाइदा फेरी पनि ओलीलाई नै हुने दा’वी गरेका छन् ।

मदन भण्डारी भन्दा त केपि ओलि देशको नेता बन्न लायक छन (सहि वा गलत?)
नेकपा एमालेका चर्चित नेता मदन भण्डारी हिँजोको दिन अर्थात जेठ ३ गते २२ वर्ष अगाडी मा’रिएका थिए। त्यतिबेलाका सबै भन्दा चर्चित तथा लोकप्रिय नेता मदन भण्डारीको रहस्यमय मृ’त्युलाई धेरैले ह’त्याका रुपमा लिने गरेका छन्।

विश्व कम्यूनिष्ट आन्दोलनले गम्भीर धक्का खाएको बेलामा उनले जनताको बहुदलिय जनवाद सिद्धान्त प्रतिपादन गर्दै नेपाली कम्युनिष्ट मदन भण्डारीले आन्दोलनलाइ नयाँ मोड दिएका थिए।

२०२८ सालमा पुष्पलालसँग भेटेपछि राजनीतिमा लागेका उनि २०३५ सालमा स्थापान भएको नेकपा(माले)को उनी केन्द्रीय सदस्य बने। २०४१ साल वैशाखमा भण्डारी पार्टीको पोलिटब्युरो सदस्य र २०४६ सालमा नेकपा (एमाले) को चौथो महाधिवेशनमा महासचिव बने।

२०४७ सालमा भूमिगत जीवनबाट बाहिर आई माले-माक्र्सवादी एकीकरणबाट उनी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी-लेनिनवादी)को महासचिव बने।

२०४८ सालको संसदीय निर्वाचनमा नेकाका तत्कालीन सभापति एवम् अन्तरिम प्रधामन्त्री कृष्णप्रसाद भट्टराईलाई परास्त गरी काठमाडौँ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुँदा देशमा ‘जननेता’ भन्ने शब्दावली सहित उनको उदय भएको थियो। भाषणमा अत्यन्त निपुर्ण मानिने भण्डारीका भाषणै सन्नकै लागि पनि मानिसहरुको भिड लाग्ने गर्थ्यो।

मदन भण्डारीको मृ’त्यु पश्चात् केपि ओलि शक्तिमा आए। उनी अहिले पनि नेकपा एमालेको अध्यक्षमा निर्वाचित भएका छन्। उनलाई उनका पार्टी र कार्यकर्ताले ‘केपि बा’ भनेर सम्बोधन गर्ने गर्दछन। योगेश भट्टराई, राम बहादुर थापा ‘बादल’ गोकुल बास्कोटाले त उनलाई यो देशले उनलाई ‘केपि बा’ भनेर मान्नु पर्ने भनेर बताइरहेका छन्।

वास्तवमा भन्नुपर्दा जनताले गफाडी र भ्रष्टाचारीको ‘बा’ हुन् के पि ओलि भनेर मान्छन्। तर उनका नेता, कार्यकर्ता र उनी स्वयं(केपि ओलि) भन्छन्, ‘यो देशलाई बिकासको रफ्तारमा अगाढी बढाउने काम मैले अर्थात ‘केपि बा’ ले गरेका हुन्। उनको अर्थात मेरो ३ वर्षे कार्यकालमा जुन बिकास भयो त्यो अरु कसैले गर्न सकेनन्। त्यो बिकास गर्न अरुलाई भएको भए २० वर्ष लाग्थ्यो।’

उनका नेता, कार्यकर्ता र उनी स्वयं भन्ने गर्छन् ‘मदन भण्डारीले के गरे? उनी भन्दा त म अर्थात ‘केपि बा’ अत्यन्त माननीय र पुज्यानिय छन्। मदन भण्डारी भन्दा त म अर्थात ‘केपि बा’ देशको नेता बन्न लायक छन। मेरो अर्थात ‘केपि बा’को काम अक्सफोर्डमा लेखिने हो भने उनको कामले पुरै पुस्तक भरिने छ।


Last Updated on: January 27th, 2022 at 9:08 am
९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया