
काठमाडौं । आज नेपाल ओर्लिनै लागेका बर्षमान पुनबारे माओवादी नेताकार्यकर्ता नै कोमामा जाने खबर बाहिरिएको छ ।
आफूलाई सर्वहारा वर्ग नेता बताउने पुन विमान चार्टर गरेर नेपाल फर्किन लागेको खबरले माओवादी नेताकार्यकर्ता मात्र नभई सबै नेपालीलाई झस्काएको हो ।
उनी चार्टर विमानमार्फत स्वदेश फर्किन लागेको खबरपछि जनताहरुले सामाजिक सञ्जालमा रोस प्रकट गरिरहेका छन् । उक्त खबर सुनेपछि आक्रोश पोख्ने केहीको प्रतिक्रिया हामीले यहाँ राखेका छौँ ।
त्रिबिक्रम कुँवर लेख्छन्, १७००० जनताको रगतको होली खेल्दा सम्म गोल्डस्टार जुत्ता पनि किन्ने हैसियत नभएर लुटेर लगाएकाको हैसियत गणतन्त्रले विमान चार्टर्ड गर्ने बनाएछ भनेपछि नेपालमा अब सर्बहारा भन्ने बर्ग रहेनछ भन्ने बुझियो यदि उक्त बर्ग छभने नेपालका कम्युनिस्ट पार्टिहरु बिघटन गराउन जागौ है नेपालका कम्युनिस्टहरुले गरिबको नाममा देश लुटेर आफू सम्प्न्न हुने काम मात्र गरेको पुष्टि भयो
त्यस्तै अर्का फेसबुक प्रयोगकर्ता बिष्णु अर्याल भन्छन्, ख़ाली खुट्टा नेपाली मार्न युद्द लड़ेको हत्यारों गलगाड़तन्त्रले विदेशमा उपचार अनी पिलेन चार्टर गर्न सक्ने बनाएछ, बधाई छ सम्पूर्ण सर्वहारा हरुलाई।
त्यसैगरी रविन केसी नामक प्रयोगकताले लेखेका छन्ः हिजो हात्तिछाप पड्काउनेहरु आज बिमान नै चाटर्ड गर्न सक्ने हैसियत कहाबाट कसरि भयो ? के यहि थियो परिवर्तन ? गणतन्त्रको उपलब्धी यहि हो
मिलन दाहाल लेख्छनः फूपुको धनमा उल्फाको श्राद्ध
सागर न्यौपानेले उक्त खबर पढेपछि लेखेका छन्ः हिजो चप्पल लगाउने औकात नभएकाहरु बिना रोजगार,व्यावसाय करोडौका घर,गाडि,राजर्षि जिवनशैलि अझै धनाढ्य हरु समे हच्किने विदेशको उपचारको खर्च अझै हिडाई पनि चार्टर्ड प्लेन वा रे गणतन्त्र यि सब लुटेराहरुलाई टुडिखेलमा राखि झुन्डाउनु पर्छ ।
त्यसैगरी छवि सुवेदीले भनेका छन्ः कठै हाम्रा सर्वहारा वर्गका नेता।।।।हुदाहुदा विमान नै चार्टर गर्न सक्ने ल्याकत पुगेछ।।।अग्रगामि छलाङ भनेको यहि हो।।
त्यसैगरी अर्का युजर त्रिलोचन अर्याल लेख्छन्ः रोल्पा रुकुममा जन्मेर जनयुद्वले तिमीहरुलाई मात्र फलिफाप अरु सबैलाई अभिषाप अलिकती पनि नैतिकता छैन चार्टड बिमानमा आऊने खर्चले तिम्रो ऊदगम थलोमा हेरत गरिब बिपन्न दुखी जसलाई बेलुका कसरी छाक टार्ने भन्ने पिर छ तिमी दुबै दम्पतिको पृष्टभुमी हामीलाई पनि थाह छ त्यही ठाऊ जुन ठाऊका जनताको जिबनस्तर जस्ताको तस्तै छ तिमी हात्ती छाप चप्पलमा झरेका होईनोऊ तिमीहरुको कारण देश कता जादैछ अलिकति पनि लाज लाग्दैन ???
त्यसैगरी अधिकारी शिव नामक प्रयोगकर्ता भन्छन्ः ए आमा हो सर्बहारा ले Plane charter गर्न सक्ने भै सकेछ देश का जनतालाइ सिटामोल अभाब छ भने नेता भन्नेहरु Plane charter मा विश्व भरी हिड डुल गर्न सक्ने भैसकेछ १
र शोभा गिरीको भनाई छः एउटा नेता बचाउन करोडौं खर्च गरेर फेरि अर्को करोडौ खर्चेर बिमान चार्टर गर्दै छ । हे सरकार नेपालका धेरै दुर्गम जिल्लामा एम्बुलेन्स नपाएर जनता मरिरहेका छन ।
पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ आज बेलुका चार्टर विमानमार्फत पुन नेपाल आउन लागेको उनको पारिवारिक स्रोतले जनाएको छ ।
सुरुमा बैंकक र त्यसपछि चीनमा उपचार गराएका पुनले पूर्णस्वास्थ्यलाभ गरी स्वदेश फर्किन लागेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् ।
नेता पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार भएको थियो । वंशाणुगत जण्डिसका बिरामी पुन जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक गएका थिए ।
बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि १० मंसिरमा चीन लगिएको थियो ।
हाल उनको शरीरमा बिलुरुबिन (जण्डिस) को मात्रा नियन्त्रित अवस्थामा रहेको पारिवारिक स्रोतले बताएको छ । स्वस्थ मानिसमा बिलुरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने भएपनि बैंकक जाने बेला पुनमा बिलुरुबिनको मात्रा ३४ थियो।
पार्टीको महासचिव पदको दावेदार पुनलाई पर्खिएर माओवादी केन्द्रले पदाधिकारी चयन गरेको छैन । पदाधिकारी छान्न माओवादीले यही माघ २७ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।
गत पुसमा काठमाडौंमा आयोजित माओवादी केन्द्रको आठौं महाधिवेशनले केन्द्रीय सदस्यमात्रै चयन गरेको थियो । ती केन्द्रीय सदस्यहरुको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको थियो ।
नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन (अनन्त) चीनमा स्वास्थ्य उपचार गराएर आज स्वदेश फर्कंदै छन् ।