मंगलबार ०४ माघ २०७८

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता राजेन्द्रप्रसाद लिङ्देनले पार्टीले उठाउँदै आएको राजतन्त्र पुनःस्थापना र हिन्दुराष्ट्र स्थापनाको मुद्दाका लागि आफूले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताएका छन।

अध्यक्षको उम्मेदवारी घोषणा गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सांसदसमेत रहेका लिङ्देनले भने, ‘राजेन्द्र लिङ्देनहरूले यो कदम नउठाउने हो भने राप्रपा समाप्त हुन्छ । उहाँहरू (कमल थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनी)को पनि समाप्त हुन्छ । अनि कहाँको राजसंस्थाको पुनःस्थापना कहाँको हिन्दुराष्ट्र ?,’ उनले तीनजना नै अध्यक्षलाई आग्रह गर्दै भने, ‘तपाईहरूको विरासतलाई जोगाएर लान्छौं । अभिभावकीय भूमिकामा बस्नुहोस्। राप्रपाका कार्यकर्तालाई अप्ठ्यारोमा नपार्नुस् ।’

उनले राप्रपा अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा बाध्यता भएको बताएका हुन। कि राप्रपाको समाप्ति रोज्नुपर्ने कि बाध्यात्मक रूपमा अगाडि बढ्नुपर्ने विकल्पमध्ये दोस्रो विकल्प रोज्नुपरेको लिङ्देनले बताए का छन।

राप्रपा महामन्त्रीमा धवलशम्शेर राणाले उम्मेदवारी दिने घोषणा गर्दै लिङ्देनले आफूहरूले राप्रपामा विद्रोह पनि नगरेको र अध्यक्षत्रयविरुद्ध पनि नउभिएको बताए । ‘न यो विद्रोह हो न यो तपाईंहरू विरुद्धको उम्मेदवारी हो। राप्रपाको भविष्यलाई सुनिश्चित गर्नका लागि हो। हाम्रो यो कदमले राप्रपालाई अप्ठ्यारो पार्दैन। बलियो बनाउँछ, सुदृढ बनाउँछ।’लेखा जोखा न्युज


Last Updated on: November 27th, 2021 at 8:42 am
२४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया