मंगलबार ०३ जेठ २०७९

काठमाडौं

तनहुँका एक समाजसेवी दम्पत्ती गाउँमै अस्पताल बनाउन ४० लाख मूल्य पर्ने जग्गा दान गर्नुभएको छ ।

भिमाद नगरपालिका–८ को भानुमतिका गोपाल श्रेष्ठ र उहाँको श्रीमती जुनकुमारी श्रेष्ठले जग्गा दान दिनुभएको हो । उहाँहरुले ५ रोपनी ८ आना जमिन दान गर्नुभयो ।

आफूहरूलेजस्तै आउने पुस्ताले पनि गाउँमै उपचार नपाएर छटपटाउनु पर्ने अवस्थाको अन्त्यहोस् भन्ने उद्देश्यले जग्गा दान गरेको समाजसेवी दम्पत्तीको धारणा छ ।

भिमाद नगरपालिका ८ स्थित भानुमतिमा सडक छेउमा रहेको जमिन प्राप्त भएपछि मनकारी श्रेष्ठ दम्पतीलाई स्वास्थ्य चौकी उद्घाटनको अवसरमा हालै सम्मान गरिएको छ ।

भिमाद नगरपालिका प्रमुख मेखबहादुर थापाले सम्मानपत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

समाजसेवी श्रेष्ठ दम्पत्तीले सबैलाई पायक पर्ने र सडक सञ्जालसँग जोडिएको जग्गा दान गर्नुभएकाले अस्पताल बनाउन सहज भएको सो वडाका वडाध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिनुभयो ।

साविक भानुमति गाविसका अध्यक्ष गोपाल श्रेष्ठले आफ्नो सक्रियतामा गाउँको विद्यालयको स्तरोन्नतीसहित सडक र खानेपानीको पुर्वाधार विकास गर्न भूमिका खेल्नुभएको थियो ।

श्रेष्ठ दम्पत्ती रोपनीको ७ लाखभन्दा बढी पर्ने ४० लाख मूल्य बराबरको जग्गा दान दिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

‘‘समयमै गाउँबासीको उपचार सम्भव होस् भनेर अस्पताल निर्माणका लागि मैले जग्गा दान गरेको हुँ’’ श्रेष्ठले भन्नुभयो ।

एक करोड ७१ लख ३५ हजार ८३६ लागतमा बनेको भानुमती स्वास्थ्य चौकीबाट बर्थिङ सेवासहितको स्वाथ्य उपचार हुने वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

सङ्घीय सरकारको एक वडा एक स्वास्थ्य केन्द्र अभियान अन्तर्गत बनेको स्वाथ्य चौकीबाट भिमाद नगरपालिका ७ र ८ का ग्रामिण भेग र वडा–९ का वडाबासी लाभान्वित हुने वडा कार्यालयले जनाएको छ ।

पशुपति धर्मशालाबारे छानबिन गर्न अर्को समिति गठन

पशुपति धर्मशालामा सञ्चालित होटल आनन्दको छानबिनका लागि अर्को समिति गठन भएको छ ।

सरकारी जग्गा तथा सम्पत्ति अनधिकृत रूपमा हत्याएको आरोप लागि रहेको बतास समूहले सञ्चालन गरिरहेको उक्त होटलको थप अनुसन्धानका लागि भन्दै पशुपति विकास कोषले मंगलबार कोषका सदस्य सचिव मिलन थापाको नेतृत्वमा छानबिन तथा कारबाही सिफारिस समिति गठन गरेको हो ।

यस समितिले होटल सञ्चालन तथा ठेक्का सम्झौताको सन्दर्भमा भएका गल्ती तथा बदमासीको अनुसन्धान गर्ने र सरकारलाई बुझाउने कोष स्रोत जानकारी दिएको छ ।

त्यसो त यसअघि नै यता संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सोही होटलको ठेक्का सम्झौता तथा बदमासीको बारेमा छानबिन गर्न कोषकै कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा छानबिन समिति गठन गरेका थिए ।

उक्त समितिले बतास समूले सम्झौता विपरीत गतिविधि गरेको प्रतिवेदन गत माघ ३ गते सरकारलाई बुझाएको थियो । सोही केसमा पुन कोषले अर्को समिति गठन गरेको हो ।


Last Updated on: January 26th, 2022 at 8:54 am
४६० पटक हेरिएको

तपाईको प्रतिक्रिया