मंगलबार ०३ जेठ २०७९

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको विषयमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लिएको अडानले आफूहरु छक्क परेको बताएका छन् ।

सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्नुपर्ने सन्र्दभ डा.भट्टराईले लिएको अडानले आफूहरु आश्चर्यचकित भएको बताएका हुन् ।

सर्वदलीय बैठकमा समेत भट्टराईले एमसीसी आफ्नै पालामा अघि बढेको र पास गर्नुपर्छ भनेर अडान लिएको बताए ।

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले एमसीसी पास गर्नैपर्ने जिम्मेवारी लिएको देख्दा आफूहरु हेरेकै हेरै भएको टिप्प्णी पनि गरे ।

‘ उहाँ (बाबुराम भट्टराई) ले सर्वदलीय बैठकमा एमसीसी मेरै पालामा अघि बढेको हो र पास गर्नेपर्छ भनेर जिम्मेवारी लिएको देख्दा हामी त हेरेको हेरै भयौँ । बाबुराम जीले किन एमसीसीको स्वामित्व लिन खोज्नुभएको बुझ्न सकिएको छैन् ।’ प्रचण्डले भने ।

माओवादी केन्द्र एमसीसीको विरोधि नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले जनताले नै बहस चालेको हुनाले संशोधन नगरी पास गर्न नहुने पक्षमा रहेको बताए ।

उनले भने- माओवादी एमसीसीको विरोधी होइन तर जनताले नै बहस चाहेको हुनाले संशोधन गर्नुपर्ने विषय संशोधन गरेर अगाडी बढ्नुपर्छ । तीन सदस्यीय टोलीले अहिले अध्ययन गरिरहेको छ । आएको सुझाव अनुसार नै अगाडी बढ्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलिय बैठकमा पटक पटक एमाले अध्यक्ष केपी शर्मा ओली नआएपछि ओलीलाई भेटन बालकोटनै जाने तयारी गरेको अध्यक्ष प्रचण्डले बताए ।

‘मैले प्रधानमन्त्रीलाई भनेको छु । ओलीजी आउनु भएन अब बालकोट जाऔं र कुरा गरौंं भनेको छु ।’ सम्पादकसंगको भेटघाटमा प्रचण्डले भने ‘प्रधानमन्त्रीले महाधिवेशनपछि जाऔं भन्नु भएको थियो ।’दैनिक न्युज नेपाल बाट


Last Updated on: January 26th, 2022 at 9:00 am
२५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया