आइतबार ०८ जेठ २०७९

काठमाडौं,।

पूर्व सचिव भिम उपाध्ययले प्रचण्डले मौका दिएले सबै जसो नेताले राजगद्दीमा बस्न पाएका हुन् भनि आफ्नो सामाजिक संजालमा लेखेका छन्। सामाजिक सञ्जालमा व्यस्त रहने उपाध्यायले सामाजिक सञ्जालको फेसबुकमा एउटा स्टाटस लेख्दै यस्तो उल्लेख गरेका हुन्।

जब हातमा भएको एउटा चरो फालेर झाडीमा भएको चराहरूको पछि पछि कुद्छ हातमा भएको चरोसहित सबै चरो गुमाउछ। अनि पुन्पुरोमा हात राखेर चरोलाई सराप्छ।

प्रचण्डले मात्र हो अरूलाई यसो मौका दिईरहने। सबै जसोले प्रचण्डले नै दिएको मौकाले राजगद्दीमा बस्न पाएका हुन्। न्याउरी मारी पछुतो!
अरूले के को राजनीतिक कच्चा खेल खेलून्!

यस अघि पनि भिम उपाध्यायले यस्तो लेखेका थिए

पूर्व सचिव भिम उपाध्ययले आजसम्म कुनै पनि प्रधानमन्त्रीले सजिलोसँग पद नछोडेको बताएका छन्। सामाजिक सञ्जालमा व्यस्त रहने उपाध्यायले सामाजिक सञ्जालको फेसबुकमा एउटा स्टाटस लेख्दै यस्तो उल्लेख गरेका हुन्।

नेपाली राजनितिमा इमान्दार तथा भलाद्मी छवि बनाएका नेता मनमोहनले समेत कुसी मोह देखाएको उल्लेख गर्दै उनि लेख्छन्, आजसम्म दुई पटक प्रम भए र दुबै पटक सर्लक्क सजिलै प्रम पद त्याग्ने र सधैँ अरुलाई प्रमको कुर्सीमा बिराजमान गराउने नेता प्रचण्ड मात्रै भएका छन्।

नेताहरुको पदलिप्सालाई संकेत गर्दै प्रचण्डबाहेक अरु सबै नेताहरुले गलहत्याएपछि मात्रै पद छोडेको पनि उल्लेख गरेका छन्। शान्ति सम्झौता पछि प्रचण्डले धेरै नेताहरुलाई प्रधानमन्त्री बनाएको स्मरण गर्दै उनि थप्छन, यी कसैले पनि सजिलै प्रम पदबाट राजीनामा दिएका थिएनन्, बडो सकसका साथ कनीकनी मात्र प्रम पदबाट हटेका थिए।

यस्तो छ उनको फेसबुक स्टाटस
सजिलैसंग पद आजसम्म कुनै प्रमले पनि छाडेका छैनन्, भलाद्मी प्रम मनमोहनले त छाडेनन्। आजसम्म दुई पटक प्रम भए र दुबै पटक सर्लक्क सजिलै प्रम पद त्याग्ने र सधैँ अरुलाई प्रमको कुर्सीमा बिराजमान गराउने नेता प्रचण्ड मात्रै भएका छन्।

प्रचण्डबाहेक अरू सबै प्रमहरूलाई गलहत्याएपछि मात्र पद छाड्दै आएका छन्। शान्ति सम्झौतापछि गिरिजा, ओली, बाबुराम, माधव, झलनाथ, सुशिल, शेरबहादुर, खिलराज- यी सबैलाई प्रचण्डले नै प्रम बनाएका हुन्। यी कसैले पनि सजिलै प्रम पदबाट राजीनामा दिएका थिएनन्, बडो सकसका साथ कनीकनी मात्र प्रम पदबाट हटेका थिए।


Last Updated on: January 26th, 2022 at 3:42 pm
२६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया