मंगलबार ०३ जेठ २०७९

पोखरा।

राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनका सबै उम्मेदवारहरु निर्वाचित भएका छन्।बुधबार भएको निर्वाचनमा माओवादी केन्द्रका सुरेशबहादुर आले मगर र भुवन र नेपाली कांग्रेसकी कमला पन्त निर्वाचित भएका हुन् ।

आलेमगर माओवादीका पुराना नेता हुन । त्यस्तै पन्त पनि नेपाली कांग्रेसकी स्थापित महिला नेतृ हुन्। राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा पाँच दलीय गठबन्धनभित्र अन्तर्घात भएको छ।

गठबन्धनका मतदाताले विपक्षी एमालका उम्मेद्वारलाई मत दिएको पाइएको हो। तथापि अहिले सार्वजनिक दुई सिटको परिणाममा भने गठबन्धनकै उम्मेद्वार विजयी भएका छन्।

प्रदेशबाट गठबन्धनकी कांग्रेस उम्मेद्वार कमला पन्त महिला कोटामा विजयी भएकी छन्। उनले निकटतम प्रतिस्पर्धी लिला थनेतलाई ३६० मतभारको अन्तरले पराजित गरेकी हुन्।

पन्तले ३०८४ मतभार पाउँदा थनेतले २७२४ मतभार पाइन्। गठबन्धनबाट सात मत क्रस भएको छ। प्रदेश सांसदमध्ये दुई जना र स्थानीय तहका पाँच जनप्रतिनिधिको मत क्रस भएको हो । एकजना सांसदले भने मतपत्र खाली छोडेको पाइएको छ।

पन्तले प्रदेश सांसदबाट २९ मत पाइन् भने निकटतम प्रतिस्पर्धी लिला थनेतले पनि २९ मत पाइन्। स्थानीय तहतर्फ गठबन्धनकी उम्मेद्वार पन्तले ९४ मत पाएकी छिन् भने थनेतले ७४ मत पाइन्।

यस्तै दलित कोटा पनि गठबन्धनले जितेको छ। गठबन्धनका भुवन सुनारले एमाले उम्मेद्वार अर्जुनकुमार सुनामलाई ३०६ मतभारको अन्तरले पराजित गरेका हुन्।

सुनारले ३०३० मतभार पाए भने सुनामले २७२४ मतभार पाए। यो क्लष्टरमा पनि एक सांसदले खाली छोडेका थिए भने दुई जनप्रतिनिधिको मत बदर भएको छ । १ मतपत्र खाली पाइएको छ।

एमालेमा निर्वाचित माधव नेपालका ४६ केन्द्रीय सदस्य र ३१ संसद जना पुगे चन्द्रागिरि
काठमाडौं । माधवकुमार नेपालले एमाले विभाजित गरेर नेकपा ९एकीकृत समाजवादी० बनाउने निर्णय गरेसँगै चन्द्रागिरि रिसोर्टमा सोमबार रातिदेखि पूर्वतयारी बैठक राखेका छन्।

निर्वाचन आयोगमा प्रस्तावित नयाँ पार्टीको पक्षमा लागेका केन्द्रीय सदस्य र सांसदहरुलाई अध्यक्ष माधवकुमार नेपालले सोमबार राति ब्रिफिङ गरेका छन्।

उनले पार्टीको घोषणा पत्र र अन्तरिम विधान रिसोर्टमा उपस्थित भएका नेताहरुलाई वितरण गरेका छन्। त्यसक्रममा उनले आफैंले स्थापना गरेको एमाले अब कम्युनिष्ट पार्टी नरहेको पनि घोषणा गरे।

सम्बोधनका क्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सामन्तवादीको नेताको पनि संज्ञा दिए। नेपाल पक्षले बुधबार निर्वाचन आयोगमा नयाँ पार्टीका लागि हुने सनाखत अघि केन्द्रीय सदस्य र सांसदहरुलाई चन्द्रागिरि रिसोर्टमा जम्मा गरेको हो।

आज र भोलि चन्द्रागिरि रिसोर्टमा रहने गरी नेपाल पक्षले ६० वटा कोठा बुक गरेको थियो। तर सोमबार रातिसम्म निर्वाचन आयोगले मान्यता दिएको एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटी सदस्यमा ४६ जना उपस्थित भएका छन्।

बाँकी सातदेखि नौजना केन्द्रीय सदस्यहरु मंगलबार दिउँसोसम्म चन्द्रागिरि पुग्ने जानकारी प्रस्तावित पार्टीका केन्द्रीय सदस्य श्रीप्रसाद साहले दिएका छन्।

ती ४६ केन्द्रीय सदस्यमा ३२ जना सांसद पनि रहेका नेता साहले जानकारी दिएका छन्। चन्द्रागिरि पुगेका ४६ जना केन्द्रीय सदस्य ०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटी मध्येका हुन्।

नेपाललाई नयाँ पार्टी दर्ता गर्न ४१ जना केन्द्रीय सदस्य या ३१ जना सांसद भए पुग्छ। नेताहरु प्रदीप नेपाल र खगेन्द्र चुँडाल बिरामी भएका कारण आज उपस्थित हुन नसकेको जानकारी साहले दिए।

बुधबार निर्वाचन आयोगमा हुने सनाखतका क्रममा नेता झलनाथ खनालले दिल्लीस्थित नेपाली दूतावासमार्फत वारिसनामा पठाउने भएका छन्। चुँडाल र नेपाल पनि बुधबार सिधै निर्वाचन आयोगमा आउने जानकारी साहले दिएका छन्।


Last Updated on: January 27th, 2022 at 1:05 pm
२०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया