मंगलबार ०३ जेठ २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानमा तोकिएकोभन्दा बढी भाडा तिर्न बाध्य भई मर्का परेका व्यक्तिले आधिकारिक कागजातसहित सात दिनभित्र छानबिन समितिलाई इमेलमार्फत निवेदन दिन अनुरोध गरेको छ ।

हालसम्म पनि गुनासो आइरहेको सन्दर्भमा तत्कालीन अवस्थामा चार्टर उडानमा बढी हवाई भाडा तिरेका यात्रुले आफ्नो पीरमर्का खुलाई पुनः गुनासो गर्न सक्नेगरी मन्त्रालयको आधिकारिक इमेल ठेगाना [email protected] मा पठाउन मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

कोभिड–१९ को सङ्क्रमणको पहिलो चरणमा नेपाल सरकारबाट बन्दाबन्दीको घोषणा भएपश्चात् अलपत्र परेका व्यक्तिलाई स्वदेश फकार्उन सहजीकरण गर्ने क्रममा अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानको व्यवस्था भएको थियो ।

सोपश्चात् यात्रु प्रस्थान हुँदा लाग्ने हवाई भाडा सम्बन्धित एयरलाइन्सबाट नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाएको हवाई भाडाभन्दा बढी लिएको भनी प्राप्त भएका विभिन्न गुनासोका आधारमा गुनासोको सम्बोधन गरी छानबिन गर्न मन्त्रालयले हवाई भाडादर छानबिन समिति, २०७८ गठन गरेको थियो ।

उक्त समितिले थप छानबिन गर्नुपर्ने भनी सिफारिस गरिएका विषयमा सम्बन्धित निकायलाई स्पष्टीकरण सोध्न र थप छानबिन गर्न यस मन्त्रालयमा पुनः छानबिन समिति गठन भएको पनि मन्त्रालयले जनाएको छ ।

अब एमालेले जितेको कुरा कुनै पनि पत्रकारले समाचार लेख्ने अवसर पाउने छैनन्ः मेटमणि चौधरी

नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद मेटमणि चौधरीले अबदेखि एमाले र विजयीको बीचमा कहिल्यै भेट नहुने दाबी गरेका छन् ।

चौधरीले एमालेले जितेको कुरा कुनैपनि पत्रकारले लेख्ने अवसर नै नपाउने पनि ठोकुवा गरेका छन् । उनले एमालेले २०७४ सालमा जितेको कुरा अब कथा बन्ने र भावी सन्ततिहरुलाई सपनाजस्तै लाग्नेपनि उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले यस्तो लेखेका छन् । हेरौं उनको स्टाटस:

प्रतिगामि गठबन्धन( नेकपा एमाले, जसपा (महन्त ठाकुर) र राप्रपा बिचको गठबन्धनको शर्मनाक हार भएको छ । हारको लाज छोप्न केपिका चाकरहरू क्क्ष्लनभि नेकपा एमालेलाई ५ दलिय गठबन्धनको हुइँया मच्चाइरहेका छन् ।

याद होस दासर दासिहरूलाई- चुनावि मोर्चामा उभिइसकेपछि मुख्य कुरा जित्नु हो । चाहे एकलै होस या मिलिजुलि । मिलेरै र मिलाएरै जित्ने हो ।

एकलकाँटे तिमिहरू बरू सोँच-हामी किन कसैसँग मिल्न सकेको छैनौ ? हामी दैनिक जस्तो किन एकलिरहेका छौ । सरकारको नेतृत्वबाट प्रतिपक्षिको भुमिकामा कसरी झर्न पुगिम ! के यो बिषयमा कहिले सिहलोकन गरेका छौ रु तिम्रा यिनै घमण्डको कारण आज बिचारा भएका छौ ।

दासहरूले के पनि भुल्नु हुँदैन भने- २०७४ सालको चुनावमा माओबादिसँग चुनावि एकता गरेको कुरा, झापामा राप्रपालाई उम्मेदवारिमा सघाएको र त्यसबाफत मत पाएको, धनुषामा राजेन्द्र महतोलाई मत बेचि अरू ठाँउबाट असुलि गरेको, नवलपरासि, रूपन्देहि र कपिलबस्तुमा गैर एमालेका नेताहरूलाई सुर्य चिन्ह दिएर अरू निर्वाचन

क्षेत्रमा स्वतन्त्रहरूका मत प्राप्ति गरेका ! उक्त सबै कार्य तिमिले बा भनेका खड्गा प्रसाद ओलिले गरेका होइन्न रु दास बन्नुर हुनुको पनि सिमा हुन्छ !

जसले सबैभन्दा बढि दलहरूसँग सहमति र अबैध संझौता गरेका छन् ! तिनैका सन्तानहरू गठबन्धनका बिरूद्दमा बिष बमन गर्नु कत्ति पनि सुहाएन क्या !

फेरि अबुझ र अल्पज्ञानिहरूलाई थाहा हुनु पर्ने हो- सँसारभरिका राजनैतिक अगतिगचभ धुर्बिकरण भइरहेको कुरा । भारतलगायत युरोपमा समेत मिल्न सक्नेहरूका बिचमा चुनावि एकता भएको कुरा । यसैले स्यालहरू- स्यालहुँइया नगरेकै राम्रो ।

राष्ट्रिय सभाको चुनावि परिणाम पछि- दासहरूले २ वटा बिषयलाई महत्त्वका साथ भुकिरहेका छन् -!। यो हार हाम्रो लागि अन्तिम हो र अबको सबै निर्वाचनमा बिजयि हुन्छौ ।

२. ५ दल मिलेर जित्ने- यत्रो फूर्ति ! अल्पज्ञानिहरूलाई के थाहा ! यो हार भर्खर शुरू भएको छ र यो हारको श्रंखला निरन्तर अघि बढ्ने छ । अब देखि नेकपा एमाले र बिजयिको बिचमा कहिल्यै भेट हुने वाला छैन ।

नेकपा एमालेले जितेको कुरा कुनै पनि पत्रकारले लेख्ने अवसर पाँउनैछैन्न । २०७४ सालमा जितेको कुरा कथा बन्नेछ र भाबि सन्ततिहरूलाई सपना जस्तै लाग्नेछ !


Last Updated on: January 28th, 2022 at 12:06 pm
५३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया