बुधबार ०४ जेठ २०७९

काठमाडौँ । पूर्वमन्त्री गोकुल बास्कोटाले सहरी विकास मन्त्री रामकुमारी झाँक्रीप्रति लक्षित गर्दै तिमी छौ र त हाम्रो देशभक्ति र लोकतन्त्र बाँचेको छ भन्दै व्यंगात्कम कटाक्ष गरेका छन्।

मन्त्री झाँक्रीले हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्नमा’ कालापानी क्षेत्रबारे मन्त्री बोल्न मिल्दैन यो विषयमा अभियान्ताले मात्र बोल्न मिल्छ भन्ने अभिव्यक्ति दिएपछि बास्कोटाले आलोचनात्मक टिप्पणी गरेका हुन्।

उनले सामाजिक संजालमा भने ‘एक सच्चा देशभक्त परमादेशी मन्त्रीले मुखमा बेरेको कालो टेप खोलेर बोलेको सुनियो कालापानी क्षेत्रबारे मन्त्री बोल्न मिल्दैन,अभियन्ताले मात्र बोल्न मिल्छ।

धन्य, हाम्रो अग्रगामी सरकार तिमी छौ र त हाम्रो देशभक्ति र लोकतन्त्र बाँचेको छ।’

मन्त्री झाँक्रीको यो अभिव्यक्तिपछि बास्कोटाले उनको गैरजिम्मेवार अभिव्यक्ति देशको हितमा नरहेको तर्क गरेका छन्। ‘मन्त्री जस्तो जिम्मेवार पदमा रहेर गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ।’ बास्कोटाले भने।

मन्त्री झाँक्रीले के भनेकी थिइन्
म सरकारको मन्त्री नभएर एउटा अभियन्ता हुन्थेँ भने एउटा स्पीज बोल्थेँ, सरकारले आफ्नो डिप्लोम्याटिक मिसनमार्फत कुरा गर्ने हो। बाहिर बोलेर धेरै गिजोल्ने इस्यू पनि होइन जस्तो लाग्छ।

किन भने हाम्रो बा ९केपी ओली० धेरै बोलेर पनि बिग्रिएको हो। त्यसकारण बा भन्दा दाइ (शेरबहादुर देउवा) थोरै बोल्नुहुन्छ। दाइ थोरै बोलेर ठिक बोल्नुहुन्छ भन्ने विश्वास छ मलाइ।


Last Updated on: January 28th, 2022 at 1:40 pm
६०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया