
नेकपा एमालेका नेता तथा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले केपी शर्मा ओली नेतृत्वको एमालेमा सँगै जान नसकिने बताएका छन् । बिहीवार आफूनिकट नेता कार्यकर्तालाई आफ्नै निवासमा बोलाएर जेठ २ गते अघिको एमालेको संरचनामा आफू सँगै हिंड्न नसकेको बताएका हुन् ।
बादलनिकट एक नेताले सूत्रन्यूजसँग भने – ‘हामी एमाले होइनौं, त्यतिबेलाको नेकपा हौ र हामी त्यही अनुसार अघि बढ्छौं भनेर कमरेड बादलले भन्नुभएको छ । जेठ २ गते एमालेलाई फर्काउनु सही होइन । हामी नेकपाकालीन संरचनामार्फत अघि बढ्न खोजेका थियौं ।’
केही दिनअघि बादलले आफू एमालेमा नरहने भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको समाचार बाहिरिएको थियो । तर बादलले आफै प्रचण्डलाई भेटे या कसैमार्फत भेटे भन्ने स्वतन्त्र पुष्टि भएको छैन ।
प्रचण्डको सचिवालयले बादल र प्रचण्डबीच कुराकानी भइरहेको जानकारी दिएको छ । एमालेको बैठकमा बादललाई फलामे कुर्चीमा सारिएको विषयले पनि त्यत्तिकै चर्चा पाइरहेको छ ।बादलमात्र नभएर मणि थापा, लेखराज भट्ट र प्रभु शाह पनि माओवादी केन्द्रमै जोडिने चर्चा यसअघि नै चलेको थियो ।
हाम्रो पार्टी तारा जस्तै चम्किन्छ केपी को पाटी जुनक्रि जस्तै हो :माधब नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशका निम्ति इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।तनहुँको भानु नगरपालिका-३ स्थित बौद्ध हिमाल तामाङ गुम्बाले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टी गठनसँगै युवा, महिला, आदिवासी, जनजाति उत्साहित भएको बताए ।
‘इमान्दारिता र जनताप्रति समर्पणको भावनाबाट ओतप्रोत भएको पार्टी जन्मिदा सबै उत्साहित भएका छन्’, पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने, ‘हाम्रो पार्टी नेपालको राजनीतिमा तारा जस्तै चम्किन्छ ।’
अध्यक्ष नेपालले गोरखा, लमजुङ र गोरखालाई एकीकृत गरी ठूलो सहर बनाउनेतर्फ छलफल भएको उल्लेख गर्दै भने, ‘तीनवटै जिल्लाको एकीकृत विकासका लागि सरकारको ध्यानाकर्षण गराउँछु ।’ अध्यक्ष नेपालले समाजवादको बाटोमा अगाडि बढेर देशलाई समृद्धिको दिशामा हिँडाउने सङ्कल्प लिएको बताए ।
न्याय, समानता, विकास र समृद्धिको बाटोमा अगाडि बढेर सबैले सम्मान गर्ने वातावरण सिर्जना गर्ने वातावरण बनाउने बताउँदै उनले भने, ‘गरिबी, अभाव, पछौटेपन अन्त्य, बेरोजगारी अन्त्य, कृषिको विकास, किसानको जीवनस्तर सुधारेर देशलाई अगाडि बढाउने सङ्कल्प लिएका छौँ ।’
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले यस क्षेत्रको विकासका लागि बजेट विनियोजन गराउने प्रतिबद्धता व्यक्त गरे । एकीकृत समाजवादीका लागि जनता ठूलो भएकाले जनतालाई शिरमा राखेर काम गर्ने मन्त्री श्रेष्ठले बताए ।
नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको बन्दसत्र रोचक बनेको छ । बन्दसत्रमा नेताहरूले नेतृत्वको राम्रै आलोचना गरेका छन् । कतिपयले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि काउन्टर प्रस्ताव समेत गरेका छन् ।
२५ वटा टोली बनाएर सुरू गरिएको छलफलको निष्कर्ष सुनाउँदै नेताहरूले विभिन्न मागहरू समेत राखेका छन् । बन्दसत्रमा सबैभन्दा बढी माओवादी नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग उठेको छ । पार्टी मध्यम र धनाढ्य वर्गको चंगुलमा फस्दै गएको र नेताहरूले अकूत सम्पत्ति आर्जन गरेको आरोप लागिरहेका बेला सम्पत्ति छानबिनको मुद्दा चर्किएको छ ।