मंगलबार ०३ जेठ २०७९

काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९ सिटका लागि भएको राष्ट्रियसभा निर्वाचनमा एमाले एक सिट मात्र जित्ता बाँकी सत्ता गठबन्धनले हात पारेको थियो ।

रिमालले बिहीबार सामाजिक सञ्जालमा भनेका छन्, ‘अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ सकियो । चौतर्फी घेरा तोडेर विजयी सोनाम ग्याल्जेन शेर्पालाई हार्दिक बधाई ।उनले अहिलेको राष्ट्रियसभा निर्वाचन पुरानो जनमत रहेको उल्लेख गर्दै आगामी स्थानीय प्रदेश र संघीय निर्वाचन नै ‘रियल’ हुने बताएका छन् ।

‘अब हुने निर्वाचन ‘रियल’ हो, जसले नयाँ जनादशेको मानक तय गर्नेछ। स्पष्ट छ, निर्वाचन हुँदा एक्लो एमाले सिंगो गठबन्धनमाथि भारी हुने भएकैले उनीहरु चुनावबाट भाग्ने बहानावाजी गर्दैछन् । संविधान र कानुनमा छिद्र पार्दै त्यसबाट छिरेर मिहेनतका साथ जारी गरिएको संबिधान च्यात्ने धुनमा उनीहरु छन्,’ उनले भनेका छन् ।

एमालेमा निर्वाचित माधव नेपालका ४६ केन्द्रीय सदस्य र ३१ संसद जना पुगे चन्द्रागिरि
काठमाडौं । माधवकुमार नेपालले एमाले विभाजित गरेर नेकपा ९एकीकृत समाजवादी० बनाउने निर्णय गरेसँगै चन्द्रागिरि रिसोर्टमा सोमबार रातिदेखि पूर्वतयारी बैठक राखेका छन्।

निर्वाचन आयोगमा प्रस्तावित नयाँ पार्टीको पक्षमा लागेका केन्द्रीय सदस्य र सांसदहरुलाई अध्यक्ष माधवकुमार नेपालले सोमबार राति ब्रिफिङ गरेका छन्।

उनले पार्टीको घोषणा पत्र र अन्तरिम विधान रिसोर्टमा उपस्थित भएका नेताहरुलाई वितरण गरेका छन्। त्यसक्रममा उनले आफैंले स्थापना गरेको एमाले अब कम्युनिष्ट पार्टी नरहेको पनि घोषणा गरे।

सम्बोधनका क्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सामन्तवादीको नेताको पनि संज्ञा दिए। नेपाल पक्षले बुधबार निर्वाचन आयोगमा नयाँ पार्टीका लागि हुने सनाखत अघि केन्द्रीय सदस्य र सांसदहरुलाई चन्द्रागिरि रिसोर्टमा जम्मा गरेको हो।

आज र भोलि चन्द्रागिरि रिसोर्टमा रहने गरी नेपाल पक्षले ६० वटा कोठा बुक गरेको थियो। तर सोमबार रातिसम्म निर्वाचन आयोगले मान्यता दिएको एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटी सदस्यमा ४६ जना उपस्थित भएका छन्।

बाँकी सातदेखि नौजना केन्द्रीय सदस्यहरु मंगलबार दिउँसोसम्म चन्द्रागिरि पुग्ने जानकारी प्रस्तावित पार्टीका केन्द्रीय सदस्य श्रीप्रसाद साहले दिएका छन्।

ती ४६ केन्द्रीय सदस्यमा ३२ जना सांसद पनि रहेका नेता साहले जानकारी दिएका छन्। चन्द्रागिरि पुगेका ४६ जना केन्द्रीय सदस्य ०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटी मध्येका हुन्।

नेपाललाई नयाँ पार्टी दर्ता गर्न ४१ जना केन्द्रीय सदस्य या ३१ जना सांसद भए पुग्छ। नेताहरु प्रदीप नेपाल र खगेन्द्र चुँडाल बिरामी भएका कारण आज उपस्थित हुन नसकेको जानकारी साहले दिए।

बुधबार निर्वाचन आयोगमा हुने सनाखतका क्रममा नेता झलनाथ खनालले दिल्लीस्थित नेपाली दूतावासमार्फत वारिसनामा पठाउने भएका छन्। चुँडाल र नेपाल पनि बुधबार सिधै निर्वाचन आयोगमा आउने जानकारी साहले दिएका छन्।


Last Updated on: January 31st, 2022 at 8:46 am
१४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया