बुधबार ०४ जेठ २०७९

काठमाण्डाै : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा विदेश पु¥र्‍याइ नेपाली नागरिकलाई अल’पत्र बनाउने वैदेशिक रोजगार व्यवसायी

हरूलाई सरकारले का’रबाही गर्ने बताउनु भएको छ ।
आज बिहीवार मन्त्रालयमा भिजिट भिसामा यूएई पुगेर अलपत्र भइ फर्केकाहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।

उहाँले आकर्षक रोजगारीको प्रलो’भन देखाइ विदेशमा अल’पत्र बनाउने द’लाल र म्यानपावर कम्पनीहरूको फन्दा’बाट जोगाउन सरकारले मन्त्रालयका उपसचिव तथा सीआईबीका प्रहरी नायब उपरीक्षक सम्मिलित मार्शल टिम गठन गरेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले भिजिट भिसामा यूएई लगेर अल’पत्र बनाउने दला’लहरूलाई क्षमासमेत दिन नमिल्ने भन्दै सरकारले द’लालहरूलाई खोजी–खोजी कार’बाही गर्ने बताउनु भयो ।

उहाँले विदेश जाने नेपालीहरूले पनि एक पटक कम्पनी र कामको बारेमा बुझेर जानुपर्ने बताउनु भयो । उहाँले आउँदो आइतवारदेखि मन्त्रालयमा २४ सै घण्टा सेवा उपलब्ध हुने गरी गुनासो सेन्टर स्थापना हुने बताउनु भयो ।

मन्त्री श्रेष्ठले भन्नुभयो, ‘हामीले दलालहरूलाई, ठ’गहरूलाई तह लगाउने गरी मार्शल टिम गठन गरेका छौँ । म के चे’तावनी दिन चाहन्छु भने अब पानीमुनि गए पनि अप’राध गर्नेहरूलाई छोडिँदैन ।

कि आत्मसमर्पण गरेर आफूले गरेका गल्ती स्वीकार गरी झुक्याएर, ठगे’र लगिएका नेपालीलाई छिटो भन्दा छिटो नेपाल पठाउँछु भन्नुपर्छ । मान्छेबाट गल्ती हुन सक्छ तर यो गल्ती स्वीकार गर्न सकिने ग’ल्ती छैन । यूएईमा बसेर नेपाली सोझा मानिसलाई दुःख दिने काम गर्नेहरूलाई यो सरकारले छोड्ने छैन ।’

त्यस्तै पीडि’तहरूले एक महिनासम्म काम लगाइदिने आशा गरेर बसे पनि काम नपाएपछि नेपाल सरकारलाई गुहारेको बताउँछन् । आकर्षक पारिश्रमिक हुन्छ भन्ने आशाले भिजिट भिसामा यूएई गए पनि दला’लहरूले कुनै रोजगारी नदिएको उनीहरूले गुनासो गरेका छन् ।

पी’डितहरूले भिजिट भिसामा जानु आफ्नो गल्ती भए पनि गएपछि बेरोजगारी बनेर काम नपाइनुले थप समस्या सिर्जना भएको बताए । पी’डितहरूले त्यहाँ रहेको दूतावासले कुनै पनि सहयोग नगरेको गुना’सो गरेका छन् ।

आर्थिक स्राेत कम’जोर भएको र आकर्षक रोजगारी पाउने लोभको कारणले बा’ध्य भएर भिजिट भिसामा गएको तर द’लालहरूले दुबई विमानस्थलमा पासपोर्ट र एक हजार डलर समेत लगेको उनीहरूले गुना’सो गरेका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई) का स्थानीय र अन्तर्राष्ट्रिय कम्पनीले नेपाली कामदारलाई यसरी लैजानु यूएई र नेपाल सरकारबीच भएको श्रम सम्झौता विपरीत हो । लामो समय बेखबर जस्तो बनेको नेपाल सरकार केही दिनयता तातेको छ ।

हजारौँ नेपाली रोजगारीको प्र’लोभनमा परी भिजिट भिसामा यूएई पुग्ने र अल’पत्र पर्ने क्रम बढेसँगै वैदेशिक रोजगार व्यवसायीलाई नै सरकारले का’रबाही गर्ने भएपछि उनीहरूले मान्छे फिर्ता ल्याउन पनि थालेका छन् ।

-यो खबर उज्यालो अन्लाईन मा छ ।


Last Updated on: January 31st, 2022 at 8:59 am
१७० पटक हेरिएको

तपाईको प्रतिक्रिया