
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री डा। भीम रावलले पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई जवाफ फर्काएका छन् । डा। भट्टराईले रावल नक्कली पीएचडी हुन् भनेर ट्विटरमा प्रश्न गरेपछि उनले जवाफ फर्काएका हुन् ।
नेता रावलले नक्कली पीएचडी सीमापारि हुने गरेको जवाफ दिएका हुन् । डा। भट्टराईले भारतको जेएनयूबाट पीएचडी गरेका हुन् भने डा। रावलले नेपालकै त्रिभुवन विश्वविद्यालयबाट पीएचडी गरेका हुन् ।
डा। रावलले ट्विटरमा लेखेका छन्, ‘बाबुरामजी प्रधानमन्त्री हुँदा २०६८ मा चुपचाप एमसीसीसँग पत्राचार गरी टोली गठन गरिएको तथ्य मैले उल्लेख गरेको छु । त्यो बेला दलीय सहमतिबाट मात्र त्यस्तो गर्न सकिन्थ्यो तर जानकारीसम्म गराइएन । पीएचडी नक्कली सीमापारि हुने गरेको सधैं चर्चा हुन्छ, त्रिभुवन विश्वविद्यालयबाट पीएचडी कसैको नक्कली हुने चर्चा नै हुन्न ।’
डा। भट्टराईले बिहान ट्विटरमा लेखेका थिए, ‘यी कण भीम रावलले पीएचडी गरेको भनेर नाउँको अगाडि ‘डा।’ पनि झुण्ड्याउँछन् १ विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोतरमितिरस्थान खुलाउनुपर्छ । उनले दाबी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले, कहाँ, कसरी खुलाउनुपर्दैन रु कि यी नक्कली पीएचडी हुन् रु’