मंगलबार ०३ जेठ २०७९

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका प्रभावशाली युवा नेता एंव संघिय सांसद सुदन किराँतीले आठौं महाधिवेशनको निर्देशनविपरीत राष्ट्रघात हुन नदिने जिकिर गरेका छन् । उनले देशको अगाडि सरकार केही नभएको भन्दै आवश्यक परे शीर कटाउन तयार रहेको टिप्पणी गरेका छन् । माओवादी केन्द्रका अधिकांश नेताहरु बरु गठबन्धन तोड्ने तर एमसीसी कुनै हालतमा पास नगर्ने पक्षमा रहेका छन् । त्यस मध्ये सुुदन किराँती पनि पर्छन ।

पछिल्लो समय एमसीसीको कारण गठबन्धनमा खटपट सुरु भएको छ । सत्ता गठबन्धनको ठुलो दल नेपाली कांग्रेसका सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न तयार नभए गठबन्धन नै तोड्ने चेतावनी दिएपछि माधव नेपाल र प्रचण्ड दोधारमा परेका छन् ।

उनीहरुले एमसीसीको केहि बुदाहरु शंशोधन गरेर मात्र पास गर्न सकिने बताउदै आएका छन् । तर माधब नेपाल र प्रचण्ड एमसीसी पास गर्न तयार नभए शेरबहादुर देउवाले नेकपा एमालेसंग नयाँ गठबन्धन तयार गरेर भएपनि एमसीसी पास गर्ने तयारी गरेका छन् । उनले लेखेका छन्- ‘सरकार त के बरु हामी देशको लागी शिर कटाउन तयार छौं तर हामी बाट राष्ट्रघात हुने छैन ।आठौं महाधिवेशनको निर्देशन र हाम्रो छाति भित्रको देश भक्त्ति भावनाले यही भन्छ ।’

भीम रावलको पीएचडी नक्कली : बाबुराम भट्टराई
पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले एमाले नेता डाक्टर भीम रावलको पीएचडी नक्कली हो कि भनेर आशंका गरेका छन्। गएराति सामाजिक सञ्जालमा लेख्दै आफू प्रधानमन्त्री भएका बेला एमसीसी सम्झौता भएको भनेर रावलले गरेको दाबीलाई पुष्टी गर्न चेतावनी दिंदै नक्कली पीएचडीको संज्ञा दिए।

‘यी कण भीम रावलले पीएचडी गरेको गरेको भनेर नाउँको अगाडि डा पनि झुन्ड्याउँछन्, विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोत, मिति र स्थान खुलाउनुपर्छ’, डा भट्टराईले लेखेका छन्। उनले दाबी गरेजस्तो बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले, कहाँ, कसरी खुलाउनु पर्दैन? कि यी नक्कली पीएचडी हुन्?’

भट्टराईले आफू प्रधानमन्त्री भएका बेला ‘गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ भन्ने आरोप पुष्टि गर्न रावललाई चुनौती दिए। एमसीसी पास नगर्न भन्दै नेता रावलले सांसदहरूलाई हिजो लेखेको स्मृति पत्रमा भनिएको छ,

‘हामी संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुंगो लगाउन व्यस्त थियौं, बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गर्नुभएको हो। वास्तवमा प्रतिनिधि सभामा पेस भएपछि मात्रै एमसीसीबारे मैले थाहा पाएको हुँ।’

यस्तो आरोप लागेपछि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा भट्टराईले त्यसको स्रोत, मिति र स्थान खुलाउन नेता रावललाई चुनौती दिएका हुन्।

फेरि ‘फुटको डिल’मा जसपा, बाबुराम र अशोक मिल्दा उपेन्द्र एक्लै
जनता समाजवादी पार्टी (जसपा)भित्र नेतृत्वलाई लिएर पुन: विवाद शुरु भएको छ । बाबुराम भट्टराईले अध्यक्ष मागेपछि महन्थ ठाकुर विभाजित भएको ६ महिना नपुग्दै जसपामा पुनः विवाद सुरु भएको हो ।

उपेन्द्र यादवका कारण पछिल्लो समय जसपामा चरम असन्तुष्टि बढेको छ । यसको प्रमुख कारण हो- एकलौटी निर्णय लिनु र पार्टीलाई जातिय घेराभित्रमात्रै राख्नु । महन्थ ठाकुरले पार्टी विभाजन गरेर गएपछि जसपामा एक अध्यक्ष पद खाली छ ।

उक्त खाली रहेको अध्यक्ष पदमा बाबुराम भट्टराईलाई मनोनय गर्नुपर्ने भन्दै भट्टराई र अशाेक राई पक्षले आवाज उठाएको छ । तर यादवले भने महन्थले पार्टी विभाजन गरेर गएपछि उक्त पदको ‘च्याप्टर क्लोज’ भएको बताउँदै आएका छन् ।


Last Updated on: February 2nd, 2022 at 10:56 am
१६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया