
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा माघ १६ गते प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० प्रस्ताव पेश गर्ने तयारीमा थिए ।यो कुरा गाईंगुई सुनेका सभामुख अग्निप्रसाद सापकोटा माघ १४ गते विहानै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगे ।
त्यहाँ उनले प्रचण्डलाई सुनाए ‘बरु म संसदमै मर्न तयार छु, तर एमसीसी सम्झौता टेबल गर्न दिन्न ।’त्यतिमात्रै होइन, सापकोटाले आफूविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका कारण अप्ठ्यारोमा पारिए पनि एमसीसी अघि बढ्नै नदिने अडान राखे । ‘शेरबहादुर देउवाको कुरा हामीले किन मान्ने रु म पेश गर्नै दिन्न, बरु त्यहीँ मर्छु भन्नुभएछ,’ प्रचण्डको ब्रिफिङ सुनेका एक नेताले भने ।
प्रधानमन्त्री देउवा भने जसरी पनि एमसीसी संसदमा टेबल गराउने प्रयासमा छन् ।शनिबार मात्र सत्तारुढ चार दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले १ फेब्रुअरीभित्र संसदमा प्रस्ताव पेश गर्ने अडान मात्रै लिएनन्, तपाईंहरुलाई मन लागे भोट हाल्नुस्, मन नलागे नहाल्नुस् भनेका छन् ।
तर सभामुखको अडान बुझेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरुले प्रधानमन्त्री देउवालाई रोके र १६ गतेका लागि डाकिएको संसदको बैठक १० दिन धकेलियो ।१० दिनपछि के गर्ने ? प्रचण्डसँग कुनै समाधान छैन ।
संसद बैठक स्थगित गर्ने क्रममा नै कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले यही प्रश्न गरेका थिए । तर प्रचण्डले छलफल गरौंला नि भन्नेबाहेक ठोस जवाफ दिन सकेनन् ।
किनकी बाह्य रुपमा चीन र अमेरिका तथा आन्तरिक रुपमा आफ्नै पार्टीभित्र र बाहिरी जनमतका कारण प्रचण्ड एमसीसीबारे ‘प्रचण्ड’ दबावमा छन् । NEWS24EXPRESH