मंगलबार ०३ जेठ २०७९

केपिको काम छैन अब घर गएर स्वास्नि का कपडा धोएर बसे हुन्छ :
भिडियो अन्तिममा छ हेर्नुहोस ।

झापा । प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीले आफ्नो छोराले पुनः पाँच वर्ष एकलौटी सरकार चलाउने बताएका छन् ।

गृह जिल्ला झापामा रहेका बुवा मोहनप्रसादलाई भेट्न ओली आइतबार पुगेका थिए । छोरालाई भेटेपछि मोहनप्रसादले सञ्चारकर्मीसँगको कुराकानीमा आगामी चुनावमा आफ्नो छोराले जितेर पुनः ५ वर्ष एकलौटी सरकार चलाउने दाबी गरे ।

उनले सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘एमाले सबैभन्दा ठूलो पार्टी बन्छ । फागुनपछि मेरै छोरो प्रधानमन्त्री बन्छ त्यो पनि पाँच वर्ष एकलौटी चलाउनेगरी, हेरि राख्नुस् ।’

आफ्नो छोरा अझैँ २० वर्षसम्म स्वस्थ रहने बताउदै ९० वर्षीय मोहनप्रसादले छोरा ओलीलाई षड्यन्त्र गरेर प्रधानमन्त्री पदबाट हटाइएकाे पनि बताए ।

उनका अनुसार ओलीलाई जनताले फेरि सत्तामा पुर्‍याउछन् र पाँच वर्ष सरकार चलाउछन् ।

यो पनि

काठमाडौं। नेकपा माओबादी केन्द्रका नेता रामकुमार राई पासाङले एमसीसीको पक्षमा लाग्ने माननियहरुलाई निर्बाचन क्षेत्र प्रबेशमा निषेध गर्नु पर्ने बताउनुभएको छ ।

विवादित एमसिसि परियोजना बारे कडा विरोध जनाउदै नेता राईले राष्ट्रघाती एमसिसिको पक्षमा लाग्ने माननियहरुलाई निर्बाचन क्षेत्र प्रबेशमा निषेध गर्ने पर्ने बताउनुभएको हो ।

खोटाङ क्षेत्र नम्बर २ का प्रदेश सांसद समेत रहनुभएका राईले सामाजिक सञ्जालमार्फत यस्तो अभिव्यक्ति सार्बजनिक गर्नुभएको हो ।

नेता राईले लेखेका छन- “एमसिसिको पक्षमा रहने माननियहरुलाई निर्बाचन क्षेत्र प्रवेश निषेध गर्नु पर्दछ, राष्ट्रघातीहरुलाई माटोमा मिलाउनु पर्दछ ।” पछिल्लो समय राष्ट्रिय राजनिति तरंगित रहेका बेला नेता राईले विवादित अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे कडा विरोध जनाउनुभएको हो ।


Last Updated on: February 3rd, 2022 at 3:27 pm
४४०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया