मंगलबार ०३ जेठ २०७९

अर्थ मन्त्री शर्मा भन्नुहुन्छ : कृप्टो करेन्सी र नेटवर्किङ व्यवसायमा नजाेडिनुस्, जाेडिएकाे भए तत्काल छाेड्नुस् ।

काठमाण्डाै : अर्थ मन्त्री जनार्दन शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सबैलाई आग्रह गर्नुभएको छ ।

आज बिहीवार माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । डिजिटल नेटवर्किङको माध्यमबाट देशको पुँजी विदेश

पलायन भइरहेकोले यस्तो गैरका’नुनी गतिविधि निय’न्त्रण गर्न सरकारलाई सहयोग गर्न मन्त्री शर्माले आग्रह गर्नुभयो । कतै कोही व्यक्ति यस व्यवसायमा संलग्न रहेको भए त्यसको सूचना दिएर सरकारलाई सहयोग गर्नसमेत उहाँले अनुरोध गर्नुभयो ।

उहाँले प्राकृतिक साधन, स्रोतमा स्थानीय जनताको स्वामित्व कायम गरी सामुदायिक पुँजी निर्माण गर्ने कार्यक्रम बनाउन कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।

अर्थ मन्त्री शर्माले कर्णाली प्रदेशमा समाजवादको आधार तयार गर्न उत्पादन र रोजगार अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । जिम्मेवार तहका नेताहरूले नै वडाको नेतृत्व लिएर श्रम समूह र श्रम दल बनाएर उत्पादनको काम अघि

बढाउन उहाँले आग्रह गर्नुभयो । मन्त्री शर्माले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्णसमानुपातिक निर्वाचन प्रणाली र पहिचानको मुद्दा स्थापित गराउने विषयलाई आउँदाे

चुनावकाे एजेन्डा बनाउन कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो । पार्टीको हरेक कार्यकर्ताले अभावको जीवनबाट मुक्ति पाउन उत्पादन कार्यमा जोडिएर समृद्ध बन्ने र जनतालाई पनि समृद्ध बनाउने अभियानमा लाग्नुपर्नेमा उहाँको जोड थियो ।


Last Updated on: February 4th, 2022 at 8:59 am
११७ पटक हेरिएको

तपाईको प्रतिक्रिया