मंगलबार ०३ जेठ २०७९

पाल्पाको तिनाउ गाउँपालिका वडा नं १ का मुर्थुङ,आरखुदी,ओर्लोफान र हात्तीमारा लगाएतका गाउँहरुबाट काँग्रेस र एमाले परित्याग गरि ६९ जना युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बुधबार पार्टी प्रवेश कार्यक्रमको आयोजना गरि माओवादी केन्द्रका केन्द्रीय सदस्य,पाल्पा जिल्ला ईन्चार्ज,लुम्बिनी प्रदेशका सांसद तुलाराम घर्तीले काम नगर्ने,बढी गफ गर्ने ब्यक्ति भन्दा काम गर्ने ब्यक्ति रोज्न जनताहरु सक्रिय भएको बेला आएको बताए । उनले यहाँका युवाहरुको सक्रियतामा यो आयोजना गरि हामीलाई समेत आमन्त्रण गरेकोमा बधाई दिँदै जनताले अब फेरि माओवादीलाई विश्वास गर्न लागेको सन्देश यो पार्टी प्रवेश कार्यक्रमले दिएको बताए।

कार्यक्रममा पार्टीका प्रदेश सदस्य चक्रब्यूह थापाले भने ‘जनताहरु परिवर्तन चाहन्छन्, माओवादीले परिवर्तनको एजेन्डा अघि सार्दै जनताको हितमा सधैं काम गर्ने हुदा यहीँ पार्टीलाई सबैले मन पराईरहेको सन्दर्भमा तिनाउका आरखुदीका सबै जनताले हिम्मतका साथ पार्टी प्रवेश गर्ने आँट गरेकोमा बधाईसहित शुभकामना छ ।’

तिनाउ गाउँपालिकाका प्रवक्ता तथा पार्टीका अध्यक्ष राजेश श्रेष्ठले अब तिनाउबाट माओवादीको विजय सुरु भएको बताउदै सधैं जनताको पक्षमा काम गर्ने पार्टी नै माओवादी केन्द्र भएकोले जनताको विश्वास बढेको दावी गरे। पार्टी प्रवेश तथा सवगत

कार्यक्रममा स्थानीय धन बहादुर घर्ती, पिताम्वर घर्ती, अमर सुनारी, ज्ञान बहादुर थापा, दुर्गा सुनारी, खड्क पुन, मोहन सिंह पुन, लोक बहादुर पुन, कौशिला लम्तरी,जिव कुमारी लगायत ६९ जना नवप्रवेशीलाई अबिर र खादाले स्वागत गरिएको थियो।

आरक्षण जातले होइन् गरिबले पाउने व्यवस्था बनाउछु : राजेन्द्र लिङ्देन (सहमत भए शेयर गराै‌)
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले जातका आधारमा दिइएको आरक्षणको व्यवस्था खारेज गर्न माग गरेका छन्।उनले जातका आधारमा दिइएको आरक्षणले सबै जनताको हित नहुने बताए।

देशमा व्याप्त भ्रस्टाचारका कारण नेपालीले दुःख पाएको बताउँदै लिङदेनले २०४६ सालपछिका सबै नेता तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानविन हुनुपर्ने बताए।

अध्यक्ष लिङ्देनले नेताहरूको मानमर्दन गर्न र कार्यकर्ताहरूको विश्वासघात गर्न आफू नेतृत्वमा नआएको बताउनुभएको छ ।नवनिर्वाचित अध्यक्ष लिङ्देनले पार्टीका निवर्तमान अध्यक्षहरूको जीवनकालमै आफ्नो पार्टीलाई देशकाे बलियो शक्तिको रूपमा स्थापित गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

आज आइतवार काठमाण्डाैमा शपथ ग्रहण गर्दै उहाँले दुई पटक मृत्युको मुखमा पुगेर पनि बाँचेको आफूले नेताको सम्मान र कार्यकर्ताहरूको भावनामाथि चोट नपुर्‍याइ आफ्नो पार्टीलाई बलियो बनाउने बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष लिङ्देनले यो मरो पनि बदमास रहेछ भन्ने नपार्ने दृढतासमेत व्यक्त गर्नुभयो । उहाँले अनुभवी नेताहरूको साथ लिएर पार्टीमा गल्ती नगर्ने बताउनुभयो ।

अध्यक्ष लिङदेनले भन्नुभयो, ‘राजेन्द्र लिङ्देनले पार्टी चलाउन सक्छ भन्ने आशङ्का छ ।पार्टीमा म मात्रै कहाँ छु ? मैले भने हाम्रो श्रद्धेय तीन नेताहरू हुनुहुन्छ अनि हाम्रा पदाधिकारीहरू हुनुहुन्छ । मैले दाइ मानेका अनुभवी मानिसहरू हुनुहुन्छ ।

उहाँहरूको साथ लिएर अघि बढ्छौँ । कहीँ पनि त्रुटि गर्दैनौँ । म आत्मविश्वासी छु । म गल्ती गर्दिनँ, धोका दिन्नँ ।कसैलाई थुक्क यो मेरो पनि बदमासै रहेछ भन्ने पार्दिनँ भन्ने मेरो मनमा लाग्छ । मेराे जीवनमा अनेक संयोग छन् । म दुईचोटि मृत्यको मुखबाट फर्केर आएको मान्छु हुँ ।

एकचाेटि माओवादी द्वन्द्वका बेला माओवादीहरूले सहरबीचमा पर्केर, निर्घात कुटपिट गरेर अब यो मान्छे बाँच्दैन, बाँच्यो भने पनि गरिखान सक्दैन भनेर फ्याँकेको मान्छे, बाँचेर यहाँसम्म आए ।

अस्ति यो महामारीमा एकैरात ढिलो ल्याएको भए म आज तपाईँहरूको बीचमा हुँदैन थिएँ । नेताहरूको मानमर्दन गर्न र कार्यकर्ताको विश्वासमाथि कुठाराघात गर्न म नेतृत्वमा आएको होइन ।

मलाई विश्वास छ– हामी सबै मिलेर राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तपाईँहरूको जीवनकालमै यो देशको बलियो शक्ति भएको देखाउँछौँ ।

त्यो विश्वासका साथ हामी काम गर्छाैँ ।’ नवनिर्वाचित अध्यक्ष लिङ्देनले कांग्रेस र एमालेलाई पनि जोडेर आफूहरूले राप्रपालाई देशको अग्रणी पार्टीको रूपमा अघि बढाउने बताउनुभयो । उहाँले अब पार्टीभित्र कुनै पनि गुट नभएको दाबीसमेत गर्नुभयो ।


Last Updated on: February 4th, 2022 at 1:57 pm
२३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया