बुधबार ०४ जेठ २०७९

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा त्रिपक्षीय नेताहरूबीच भेटवार्ता हुँदैछ । बालुवाटारमा आइतबार अपरान्ह ४ बजे नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुँदैछ ।

तीन नेताबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) र स्थानीय तह चुनावको मितिबारे छलफल हुने बालुवाटार स्रोतले जनाएको छ।

प्रधानमन्त्री पदबाट बहिर्गमन भएपछि अध्यक्ष ओली पहिलोपटक प्रधानमन्त्री देउवासँग छलफल गर्न बालुवाटार जाँदैछन् । असार ३० गते प्रधानमन्त्रीबाट बहिगर्मन भएका ओलीले हिजो राष्ट्रपति विद्या देवी भण्डारीसँग बालुवाटारमा भेटवार्ता गरेका थिए । News24 bata


Last Updated on: February 6th, 2022 at 5:07 pm
१०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया