बुधबार ०४ जेठ २०७९

लता मंगेशकरको गायनको सम्मान गर्दै धेरैले भन्ने गर्थे, ‘उनको स्वरमा सरस्वतीको बास छ।’

यति मात्र होइन, बलिउडमा धेरैले लता मंगेशकरलाई ‘माँ सरस्वती’ पनि भन्ने गर्छन्।

संयोग नै भनौं, स्वर साम्राज्ञी लता मंगेशकरको निधन आइतबार सरस्वती पूजाकै दिन भयो। उनी ९२ वर्षकी थिइन्।

बलिउडमा सात दशकदेखि फरक-फरक पुस्ताका अभिनेत्रीहरूका लागि स्वर दिएकी लताले ३६ भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन्। तीमध्ये एउटा भाषा नेपाली पनि हो।

उनले गाएका नेपाली गीत ‘जुन माटोमा मेरो’, ‘आकाशको मिर्मिरे तारा म गन्न सक्दिनँ’ र ‘बाँचुन्जेलीलाई’ हुन्।

नेपाली सिनेमाको सुरूआती चरणमा ‘माइतीघर’ फिल्ममा स्वर दिएकी लताले आफ्नी बहिनी आशा भोसलेजति धेरै नेपाली गीत गाइनन्। यसको अर्थ लताको स्वरमा नेपाली गीत रेकर्ड गराउने प्रयास नै नभएको भने होइन।


Last Updated on: February 7th, 2022 at 4:21 pm
१७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया