बुधबार ०४ जेठ २०७९

उद्योग वाणिज्य सघं इटहरीका अध्यक्ष तथा व्यवसायी भिम बहादुर पौडेलले नेपाल रेडक्रस सोसाईटी खनार र हासपोसाँ उपशाखालाई एम्बुलेन्स प्रदान गर्ने भएका छन् ।

हासपोसा र खनार आसपासका स्थानीयहरुलाई स्वास्थ्यमा पहुँच पुर्‍याउन एम्बुलेन्स प्रदान गर्ने भएका हुन् ।

पौडेलले सञ्चारपाटी सगँको फोन संपर्कमा भने “शुक्रबार इटहरीमा एम्बुलेन्स आईपुगेको छ प्रतिबद्वता गरेअनुरुप केही दिनमै कार्यक्रम गरेर एम्वुलेन्स हस्तान्तरण गर्ने योजना छ ।”

केही समय अगाडी पौडेलले नेपाल रेडक्रस सोसाईटी हाँसपोसा उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा रेडक्रस हाँसपोसा र खनार उपशाखालाई निःशुल्क एम्बुलेन्स दिने घोषणा गरेका थिए । उक्त रक्तदान कार्यक्रममा पौडेलले भनेका थिए , “म यो संस्थाको निम्ती एउटा एम्बुलेन्स निःशुल्क उपलब्ध गराउँने घोषणा गर्दछु।”

सामाजिक उत्तरदायित्व अन्तरगत ब्यवसायी समेत रहेका पौडेलले सामाजीक विभिन्न सहयोगहरु गर्दै आएका छन् ।

उत्तरी मोरंङको गाउँमा भिम पौडेल विकासको मानवको रुपमा चर्चित छन् ।

भिम पौडेल व्यवसायी हुन उनले व्यवसाय मात्र गरेका छैनन् समाजलाई आवश्यक पर्ने हरेक क्षेत्रमा योगदान दिएका छन् ।

व्यवसायी भएर नाफा मात्र कमाउनु मेरो उदेश्य रहेन समाजमा बसेपछि सामाजिक हुनु पर्छ भन्ने बिचार व्यक्त पौडेलले गर्ने गरेका छन् ।

उनले उत्तरी मोरंङमा सञ्चालन गरेको क्रसरको कारण सयौ मानिसले रोजगारी पाएका छन् ।

नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधी समेत रहेका पौडेल इटहरीमा सामाजिक काममा समेत सक्रिय हुदै आएका छन् । पौडेल विपन्न परिवारहरुको समेत साहरा बन्दै गएका छन् ।


Last Updated on: February 7th, 2022 at 7:03 pm
४४० पटक हेरिएको

तपाईको प्रतिक्रिया