बुधबार ०४ जेठ २०७९

काठमाडौ : शाब्दिक रुपमा हेर्दा क्रि’प्टोकरेन्सी क्रिप्टो (गोप्य, गुप्त गूढ वा रहस्य) र करेन्सी अर्थात् मुद्रा भन्ने दुई वटा शब्द मिलेर बनेको हो । यसरी हेर्दा संकेत (कोड वा क्रि’प्टोग्राफी) का माध्यमबाट विनिमयका रुपमा प्रयोग गरिने
विद्युतीय वा भर्चुअल मुद्रा नै क्रि’प्टोकरेन्सी हो ।

विनिमयको माध्यमका रुपमा हाल प्रचलनमा रहेका नोट वा सिक्का जस्तो यसको भौतिक अस्तित्व भने हुँदैन । भौतिक अस्तित्व नरहने हुनाले यसलाई छुन, खल्तीमा राख्न वा पट्याउन सकिने कुरा भएन । भौतिक उपस्थिति नरहने अनि सुरक्षणका लागि बैंक तथा वित्तीय संस्थाहरुले दायित्व वोध नगर्ने कारणले धेरै देशमा यसलाई अवैधानिक मानिएको छ ।

राष्ट्र बैंकद्वारा चेता-वनी !
नेपाल राष्ट्र बैंकले २०७४ साउन २९ गते सूचना निकालेर नेपालमा भर्चुअल मुद्रा तथा त्यसका कुनै पनि प्रकारको कारोबार अ’वैध रहेको जनाएको थियो । हालै भर्चुअल मुद्राको कारोबार बढेसँगै नेपाल राष्ट्र बैंकले एक हप्ता अघि भर्चुअल करेन्सी तथा क्रिप्टो’करेन्सीका बारेमा फेरि अर्को सूचना प्रकाशित गरेको छ ।

सूचनामा भर्चुअल करेन्सी तथा क्रिप्टो’करेन्सीले नेपालमा वैध मान्यता नराख्ने हुँदा यस्ता कारोबारमा संलग्न रहँदा सर्वसाधारण ठगिने, पुँजी पलायन हुने हुँदा नेपालमा बस्ने नेपाली तथा विदेशी साथै विदेशमा बस्ने नेपाली नागरिक समेत यस्तो कारोबारमा संलग्न रहेको पाइए प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा जानकारी गराएको थियो ।

त्यस्तै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था बैंकर्स संघले पनि क्रिप्टोकरेन्सी जस्ता भर्चुअल मुद्राको कारोबार नगर्न सचेत गराएको छ । संघले पनि सार्वजनिक सूचना निकाल्दै नेपालमा अवैध रहेको भर्चुअल करेन्सी तथा क्रिप्टोकरेन्सी साथै नेटवर्क मार्केटिङ लगायतका गैरकानुनी वित्तीय कारोबारमा संलग्न नरहन आव्हान गरेको छ ।

चर्चामा क्रि’प्टोकरेन्सी
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा विदेशबाट प्राप्त हुने रेमिट्यान्स ६.८ प्रतिशतले घटेर ३ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँमा समेटिएको जनाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा भने विदेशबाट प्राप्त हुने रेमिट्यान्स ११ प्रतिशतले बढेको समेत राष्ट्र बैंकले जनाएको छ ।

देशको अर्थ व्यवस्थाको एउटा मेरुदण्डको रुपमा रहेको रेमिट्यान्स घट्दै गएपछि राष्ट्र बैंकले यसको सुक्ष्म अध्ययन थालेको थियो । यस अवधिमा वैदेशिक रोजगारमा जाने श्रमिकको संख्यामा कमी नभए पनि रेमिट्यान्समा कमी हुनुको कारण विदेशमा रहेका नेपालीले अहिले चर्चामा रहेको भर्चुअल मुद्रा अर्थात क्रिप्टोकरेन्सीमा लगानी एउटा हुनसक्ने भनाइ छ नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टको ।

क्रिप्टो’करेन्सीमा लगानी गरेका कारण रेमिट्यान्स घटेको ठहरमा राष्ट्र बैंक पुग्नु, नेपालमा प्रतिबन्धित हुनु, राष्ट्र बैंकले कारबाहीको सूचना निकाल्नुले पछिल्लो समय भर्चुअल मुद्रा क्रिप्टोकरेन्सी अनि बिटक्वा’इनले नेपाली बजारमा चर्चा पाएको छ ।

क्रि’प्टोकरेन्सी अहिले चर्चामा रहनुका अन्य कारण पनि छन् जसमा अघिल्लो हप्ता मंगलबार भारतकी अर्थमन्त्री निर्मला सीतारमणले प्रस्तुत गर्नुभएको बजेटमा भारतको केन्द्रीय बैंक, रिजर्भ बैंक अफ इण्डियाले डिजिटल मुद्रा निकाल्ने प्रस्ताव गरेबाट पनि भएको हो । सीतारमणको अर्को प्रस्तावमा क्रि’प्टोकरेन्सीमा गरिएको लगानीबाट हुने आम्दानीमा ३० प्रतिशत कर लगाउने घोषणा गरिएको छ ।

भारतका चर्चित अभिनेता अमिताभ बच्चनले एक वर्ष अगाडि १.१२ करोड भारतीय रुपैयाँ क्रिप्टो’करेन्सीमा लगानी गरेको र त्यसको प्रतिफलको रुपमा अहिले बढेर १ सय १२ करोड रुपैयाँ भएको भन्ने समाचार प्रकाशनमा आएसँगै पनि क्रि’प्टोकरेन्सी थप चर्चामा छ ।

नेपालमा क्रिप्टो’करेन्सी अवैधा’निक हुनु र रेमिट्यान्स घट्नुलाई अहिले सँगै जोडेर हेरिएको बताउनुहुन्छ अर्थविद डा. रघुवीर बिष्ट । रेमिट्यान्स किन घट्यो भन्ने प्रसंगमा मात्र राष्ट्र बैंकको जोड रहेको र कतै क्रिप्टो’करेन्सीमा लगानी भएका कारण रेमिट्यान्स घटेको हो कि भन्ने बुझाइमा राष्ट्र बैंक पुगेका कारण अहिले यसका चर्चा परिचर्चा धेरै भएको बिष्टको धारणा छ ।

डिजिटल करेन्सीको परिकल्पना सन् १९८३ मा गरिएको थियो भने मैसाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) ले पछि यसलाई अध्ययनको विषय बनाएको तथा सन् २००९ देखि भने यो चर्चामा रहेको बताउनुहुन्छ डा.बिष्ट ।

संसारमा ९ हजार भन्दा बढी प्रकारका क्रि’प्टोकरेन्सी रहेको छ । क्रि’प्टोकरेन्सीका अहिलेका चर्चित प्रकारमा बिट क्वाइन, इथेयिरम, टिथर, बाइनान्स क्वाइन, रिपल, एक्सआरटी, बिटक्वाइन क्यास लगायत दशवटा प्रकार चर्चामा रहेका छन् । यी मध्ये सबैभन्दा चर्चामा रहेको चाहिँ बिटक्वाइन हो । -उज्यालो अन्लाईन


Last Updated on: February 8th, 2022 at 9:24 am
७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया