बुधबार ०४ जेठ २०७९

Kathmandu

नेकपा (एमाले) का पोलिटब्युरो सदस्य सूर्य थापाले अमेरिकी सहायता परियोजना (एमसीसी) मित्रराष्ट्रले सद्भावका साथ दिएको अनुदान भन्दै त्यसलाई विद्रूप बनाउने काम भएको अरोप लगाएका छन् ।

र यदि एमसीसी पास नभई फिर्ता गरे त्यसको जिम्मेवार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधब कुमार नेपालले लिनु पर्ने तर्क गरेका छन् ।

उनले लेखेका छन्- हिजो बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख विपक्षी दलका नेता तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, गठबन्धनका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल र सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका बीच समसामयिक विषयमा गंभीर छलफल भयो।

यस छलफलमा पार्टी फुटाएर मन्त्री खान गठबन्धनमा सामेलहरू थिएनन्। अझ गठबन्धनमा बसेर चन्दा उठाउँदै सडकमा उत्रिएर दुबै डुंगामा खुट्टा टेकिरहेका नौटंकीवाजहरूको पनि उपस्थिति थिएन।

कुनै मित्रराष्ट्रले सद्भावका साथ दिएको अनुदान विरूद्द आन्दोलन, कथित संशोधन र विरोधको पाखण्डीपनको भ्रमका पर्दा पनि क्रमशस च्यातचुत पारिदैछन्।
तिनले भविष्यमा जवाफ दिन सक्लान्- अमेरिका वा अरू दातृराष्ट्र र निकायको अनुदान सहयोगलाई यसरी गिजोलेर विद्रूप बनाउने र अस्वीकार गर्ने

गैरजिम्मेवार, दुईजिब्रे र राष्ट्रविरोधी कार्य किन गरेको तरु जसरी अरूण तेस्रोबाट विश्व बैंकलाई फिर्ता पठाउने काम माधव कु। नेपालको अनाडी चिठीले गरेको थियो, त्यसरी नै अनुदान फिर्ता पठाउने र नेपाललाई

चौतर्फी संकटमा फसाउने काम आज प्रचण्ड, माधव कु. नेपाललगायतको झुन्डले गरिरहेको छ। यस्तै पाखण्डीहरू नेपाल राष्ट्रलाई उत्तर कोरियाको हविगतमा विश्व समुदायबाट अलगथलग र एक्लो बनाउन सक्रिय छन् ! तर, हेक्का रहोस् – यसपछिको सबभन्दा ठूलो संकट र खतराको घण्टी प्रचण्डको घाँटीमा झुन्डिएको छ, उनले नेपाली जनतालाई बेवकुफ बनाएजस्तो चालबाजी र सौदाबाजी दुनियाँसँग नगरून् !

साँच्चैको बाघसँग खेल्दाको परिणाम/दुष्परिणामको निगरानीमा उनी परिसकेका छन् होला र अब उम्किन सायदै सक्नेछन् !

फेरि ‘फुटको डिल’मा जसपा, बाबुराम र अशोक मिल्दा उपेन्द्र एक्लै
जनता समाजवादी पार्टी (जसपा)भित्र नेतृत्वलाई लिएर पुन: विवाद शुरु भएको छ । बाबुराम भट्टराईले अध्यक्ष मागेपछि महन्थ ठाकुर विभाजित भएको ६ महिना नपुग्दै जसपामा पुनः विवाद सुरु भएको हो ।

उपेन्द्र यादवका कारण पछिल्लो समय जसपामा चरम असन्तुष्टि बढेको छ । यसको प्रमुख कारण हो- एकलौटी निर्णय लिनु र पार्टीलाई जातिय घेराभित्रमात्रै राख्नु । महन्थ ठाकुरले पार्टी विभाजन गरेर गएपछि जसपामा एक अध्यक्ष पद खाली छ ।

उक्त खाली रहेको अध्यक्ष पदमा बाबुराम भट्टराईलाई मनोनय गर्नुपर्ने भन्दै भट्टराई र अशाेक राई पक्षले आवाज उठाएको छ । तर यादवले भने महन्थले पार्टी विभाजन गरेर गएपछि उक्त पदको ‘च्याप्टर क्लोज’ भएको बताउँदै आएका छन् ।
News parda bata


Last Updated on: February 8th, 2022 at 2:07 pm
२१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया