मंगलबार ०३ जेठ २०७९

Kathmandu

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आफुहरु तत्काल सरकारबाट नबाहिरिने स्पष्ट पारेकी छिन् । पछिल्लो समय एमसीसीको कारण सत्ता गठबन्धन टुट्ने चर्चा चलिरहेको र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि सरकारबाट बाहिरिने भनेको समाचर आएपछि मन्त्री भुसालले यस्तो स्पष्ट पारेकी हुन् ।

संक्षिप्त कुराकानीमा मन्त्री भुसालले आगामी निर्वाचनसम्म वर्तमान गठबन्धन कायम रहने दाबी गरिन् । उनले भनिन्,‘ऋषिजी ढुक्क हुनुहोस, हामी निर्वाचनसम्म नै सरकारमा रहन्छौं ।यो गठबन्धन पनि तलमाथि हुँदैन् ।’ उनले एमसीसी पास वा फेल जे भएपनि पाँच दलीय गठबन्धन कायम रहने दाबी गरिन् ।

हिजोमात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग एमसीसी, संसद्को अवरोध हटाउने र स्थानीय तहको निर्वाचनबारे छलफल गरेका थिए ।

प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसीलाई लेखेको पत्र पनि हिजै बाहिरिएको थियो ।उता, एमसीसीले पनि पनि एमसीसीबारे यही फेब्रुअरी २८ तारिखसम्म अन्तिम निर्णय लिन भनेर देवा र र प्रचण्डलाई समयसिमा तोकेको छ ।

प्रधानमन्त्री देउवा जसरी भएपनि एमसीसी अघि बढाउने पक्षमा छन् । उनले यसको लागि बरु गठबन्धन तोड्नुपरे पनि तोड्ने र एमालेको सहयोग लिनेसम्मको तयारी थालेका छन् । प्रचण्डले भने यथास्थितिमा एमसीसी पास गराउन नसकिने भन्दै यसलाई एमालेको समेत सहयोगमा चुनावपछि छलफल गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

ब्याक नहुने मुडमा माधव नेपाल
तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल एकजुट भइसकेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एक भई उनीहरुले नेकपाको फरक खेमा बनाई शक्तिबाँडफाँड पनि गरेका थिए । जस अनुसार प्रचण्ड र नेपाल दुवै अध्यक्ष भएका थिए ।

सर्वोच्च अदालतको २३ फागुनको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँताएपछि प्रचण्ड र नेपाल पुरानै अवस्थामा पुगेका थिए । तर, दुवैको एकता टुटेन । प्रचण्ड र नेपाल अहिले विपक्षी गठबन्धनमा छन् । ओलीविरुद्ध सक्रिय छन् ।

प्रचण्ड र नेपालले भविष्यसम्मलाई मध्यनजर गरी एक भई बढ्ने खाका बनाइसकेको बुझिएको छ । यसका लागि विकल्पहरु तयार समेत गरेका छन् । जस अनुसार नेकपा एकीकृत निर्वाचन आयोगमा दर्ता भई प्रमाणपत्र मिलिसकेको छ ।

दर्ता अरुको नाममा भएपनि यसका पछाडि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल छन् । प्रचण्डको पनि यसमा भित्री भूमिका रहेको बुझिएको छ ।

जीवन राई नेतृत्वको नेकपा एकीकृतको कलम चिन्ह छ । कलम चिन्ह लिएर नेपाल समूहका खिमलाल देवकोटा राष्ट्रिय सभाको चुनाव जितिसकेका छन् । यो संयोग मात्र होइन । अब सुर्य चिन्ह छाडेर नेपाल कलम चिन्हबाट चुनावमा जाने तयारीमा छन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न नसक्ने देखेर नयाँ दल खोलेर बढ्ने रणनीति बनाएका हुन् । यही दलमा नेपालसहित प्रचण्ड नेतृत्वमा रहेर बढ्ने योजना बनेको बुझिएको छ ।

नेपालले एमालेमा फर्कन नसक्ने स्पष्ट संकेत गरिसकेका छन् । बरु एमालेको ठूलो समूहलाई साथ लिएर योभन्दा ठूलो कम्युनिस्ट पार्टी बनाउने लक्ष्यसहित बढेका छन् । नेपाल र प्रचण्ड मिलेमा ओली नेतृत्वको एमालेभन्दा बलियो हुनसक्ने आँकलन पनि गरिएको छ । नेपालसँग एमालेभित्र मजबुत संगठन गर्न सक्ने खुबी भएका नेताहरु छन् । प्रचण्डसँग भिड्न सक्ने कार्यकर्ता छन् । दुवैले एक भएर शक्तिशाली बन्ने लक्ष्य लिएको देखिदैछ ।

देउवा र प्रचण्डलाई स्पष्ट शब्दमा ब्याक नहुने र बोलेको पूरा गर्ने नेता भएको स्पष्ट पारिसकेका छन् । ओलीसँग सम्झौताका लागि उनको शर्त कडा देखिएको छ । २ जेठ २०७५ को अवस्थामा एमालेको सांगठनिक स्वरुप रहनुपर्ने, प्रतिनिधि सभा विघटनको कदममा ओलीले सार्वजनिक रुपमा माफी मागेर आत्मालोचना गर्दै सच्याउनुपर्ने मुख्य छन् । पहिलोमा तयार भएपनि दोस्रोमा ओली तयार देखिदैनन् । यसकारण एमाले एकता कमजोर छ । Newsparda bata


Last Updated on: February 8th, 2022 at 2:23 pm
१९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया