मंगलबार ०३ जेठ २०७९

कमल थापाले राप्रपा छोडेर भने: ‘कुहिएको सिनो जस्तो राजतन्त्रको एजेन्डा बोकेर कदापी हिँड्न सकिँदैन’

राप्रपा परित्याग गरेका कमल थापाले अब सक्रिय राजतन्त्रको एजेन्डा बोकेर हिँड्न नसक्ने घोषणा गरेका छन् । मंगलबार गृह नगर हेटौंडा आएर थापाले आफू निकटसँग अन्तक्रिया गर्दै भने,‘गत निर्वाचनमा प्रति|द्वन्द्वीहरुले भन्ने गरेका थिए । कमल दाई एकदम ठीक छ । तर, सिनो बोकेर आउनुभएको छ । कसरी मतदान गर्ने ? अब हामी सक्रिय राजतन्त्र बोकेर हिँड्न सक्दैनौं ।’

लामो समयदेखि राजा र हिन्दु धर्मको विषयलाई मूल मुद्दा बनाएर राजनीति गरिरहेका थापा नयाँ दल गठनको बाटोमा अघि बढेका छन्।थापाले आफ्नो पूर्वपार्टीमा राजाको सक्रिय हस्तक्षेपकै कारण अध्यक्षमा पराजित भएको दोहोर्‍याए।

मंसिरको अन्तिम साता भएको पार्टी महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै थापा असन्तुष्ट रहँदै आएका थिए। उनले पूर्वराजा ज्ञानेन्द्र शाहले महाधिवेशनको निर्वाचन प्रक्रियामा ह|स्तक्षेप गरेका कारण अध्यक्षमा आफू पराजित भएको सार्वजनिक समारोहमा बताइरहेका छन्।

थापाले राजासँग करिब दुई घन्टा लन्च मिटिङ गरेर अध्यक्षमा उम्मेदवारी दिने निधो गरेको जानकारी दिए। ‘राजाले नै मलाई अझै १० वर्ष सक्रिय राजनीति गर्नुपर्छ भनेका कारण मैले उम्मेदवारी दि|एको थिएँ। उहाँले रेस्ट गर भन्नु भएको भए म उठ्दैनथेँ । मलाई हराएर उहाँले के पाउनुभयो मलाई थाहा छैन,’ उनले आफूलाई पछाडिबाट छुरा हान्ने काम राजाले गरेको समेत आ-रोप लगाए।


Last Updated on: February 9th, 2022 at 11:41 am
१५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया