
काठमाडौ। भर्खरै राप्रपा परित्याग गरेका कमल थापा एमालेमा प्रवेश, केपीले गरे स्वागत। पूर्व उपप्रधानमन्त्री कमल थापाले राप्रपा त्यागेका छन् । उनले गृह जिल्ला मकवानपुर आएर हेटौँडा–१० स्थित प्रकाश होटलमा पत्रकार सम्मेलन गर्दै राप्रपाबाट अलग भएको घोषणा गरेका हुन्।
पार्टीबाट अलग हुने घोषणा गर्नु पूर्व थापाले पार्टीका कार्यकर्ताहरुसँग पनि भेटघाट गरेका थिए। थापाले कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै विगतदेखि राप्रपाले उठउँदै आएको राजतन्त्रको एजेण्डाका तर्कहरू कमजोर भएको बताएका छन्।
उनले पार्टीको आन्तरिक विषयमा राजा, राजाको सचिवालय र निर्मल निवासबाट भएको हस्तक्षेपले राप्रपाले उठाएको राजतन्त्रको एजेण्डाको नैतिक धरातल नै कमजोर भएको बताए।