बुधबार ०४ जेठ २०७९

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर काँग्रेस नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने बताएका छन् ।

बिहीबार ‘प्रचण्ड’ निवास खुमलटार पुगेर नेता कोइरालाले अध्यक्ष ‘प्रचण्ड’लाई वडासम्म गठबन्धन सम्भव नरहेको बताएका थिए ।

भेटमा प्रचण्डले ने शेखरलाई ‘स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाऔँ’ भनेपछि कोइरालाले अस्वीकार गरेको बताइएको छ ।

खासगरी प्रचण्ड र कोइरालाबीच गठबन्धन, एमसीसी, संसद् खुलाउने लगायतका विषयमा छलफल गर्न खुमलटार गएकाे बताइएको छ ।

छलफलमा कोइरालाले ‘प्रचण्ड’सामू सबै कुराको छिनोफानो स‌सदबाटै गर्नु पर्ने सुचारु गर्नु पर्ने र संसादलाई बन्धक बनाउन नहुने धारणा राखेको बताइएको छ ।

उक्त भनाइपछि प्रचण्डले पनि कोइरालालाई स्थानीय निर्वाचनमा गठबन्धन गरौँ भनेर प्रस्ताव गरेका थिए । तर कोइरालाले अस्वीकार गरेका हुन् ।

‘उहाँहरुको भेटमा अध्यक्ष प्रचण्डले स्थानीय चुनावमा गठबन्धन बनाएर जाऔँ भनेर गरेको प्रस्ताव गर्नुभयो । जवाफामा कोइरालाले वडा वडामा गठबन्धन सम्भव छैन,’ कोइरालाको प्रस्तावलाई उदृत गर्दै स्रोतले भन्यो, ‘केन्द्रबाट तोकेर एलाइन्समा चुनाव लड्ने कुरा म अन्तिमसम्म विरोध गर्छु । बरु चुनावपछि सहकार्य गर्न सकिन्छ भन्नुभयो।’

एमसीसी र संसद बैठकको बिषय पेचिलो बन्दै जाँदा नेता कोइरालाको दौडधुप बढिरहेको छ ।

नेता कोइरालाले बुधबार एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए । सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३० गते मुलकुभर एकैसाथ गर्ने निर्णय गरेको छ ।

त्यस्तै एमसिसी पास गर्ने या नगर्ने भन्ने बिषयमा राजनीतिक दलहरुबीच मत बाझिएको छ । जसका कारण नेपाली राजनीति नै तरङ्गित बनेको छ । News24 bata


Last Updated on: February 10th, 2022 at 1:27 pm
१०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया