मंगलबार ०३ जेठ २०७९

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रियसभाको सबै सिटमा पाँच दलीय गठबन्धनले जित हाँसिल गर्ने दाबी गरेका छन् । बुधबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले राष्ट्रियसभाको निर्वाचनमा १९ सिट नै सत्तारुढ गठबन्धनहरूले जित्ने दाबीसमेत गरे ।

ओली एमालेले एक सिट कतै जित्यो भने म राजनीति बाटै सन्यास लिन्छु पनि भने | उनले निर्वाचनको नतिजाले राष्ट्रिय रुपमै तरंग सिर्जना गर्ने बताए । “ राष्ट्रियसभामा अहिले उठाईएका जम्मै ठाउँमा हामी जित्छौं, विजयी हुनेछौं”, उनले भने, “त्यो परीणामले पनि एउटा तरंग पैदा गर्नेछ ।”

एक अर्को प्रसंगमा बोल्दै उनले तीन तहको निर्वाचन एकै पटक हुनुपर्ने बताए । एकै चरणमा चुनाव गर्न सके झण्डै आधा खर्च जोगिने उनको भनाइ थियो ।

“तपाईँहरू सुनिरहनु भएको छ कि स्थानीय तहको चुनाव कहिले गर्ने, संघीय चुनाव कहिले गर्ने ? प्रदेशसभाको चुनाव कहिले गर्ने ? यस बारेमा व्यापक बहस भइरहेको छ । यो बहसको सन्दर्भमा हाम्रो धारणा संविधानलाई सर्वोपरि राखेर, कानुन अनुरूप नै चुनाव सम्पन्न हुनुपर्छ । यसो गर्दा एकै पटकमा तीन वटा नै तहको निर्वाचन गर्न सकियो भने राम्रो हुन्छ ।”,

उनले भने, “यो भन्दा पहिला ५ चरणमा चुनाव भएको थियो । त्यसमा झन्डै २५ अर्ब रुपैयाँ खर्च भएको थियो । यदि एकै चरणमा गर्ने हो भने ५ देखि १० अर्बमा चुनाव सकिन्छ । उम्मेदवारको पनि खर्च कम हुन्छ । त्यसका निम्ति हामी छलफल चलाइरहेका छौँ ।”

एमालेमा निर्वाचित माधव नेपालका ४६ केन्द्रीय सदस्य र ३१ संसद जना पुगे चन्द्रागिरि
काठमाडौं । माधवकुमार नेपालले एमाले विभाजित गरेर नेकपा ९एकीकृत समाजवादी० बनाउने निर्णय गरेसँगै चन्द्रागिरि रिसोर्टमा सोमबार रातिदेखि पूर्वतयारी बैठक राखेका छन्।

निर्वाचन आयोगमा प्रस्तावित नयाँ पार्टीको पक्षमा लागेका केन्द्रीय सदस्य र सांसदहरुलाई अध्यक्ष माधवकुमार नेपालले सोमबार राति ब्रिफिङ गरेका छन्।

उनले पार्टीको घोषणा पत्र र अन्तरिम विधान रिसोर्टमा उपस्थित भएका नेताहरुलाई वितरण गरेका छन्। त्यसक्रममा उनले आफैंले स्थापना गरेको एमाले अब कम्युनिष्ट पार्टी नरहेको पनि घोषणा गरे।

सम्बोधनका क्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सामन्तवादीको नेताको पनि संज्ञा दिए। नेपाल पक्षले बुधबार निर्वाचन आयोगमा नयाँ पार्टीका लागि हुने सनाखत अघि केन्द्रीय सदस्य र सांसदहरुलाई चन्द्रागिरि रिसोर्टमा जम्मा गरेको हो।

आज र भोलि चन्द्रागिरि रिसोर्टमा रहने गरी नेपाल पक्षले ६० वटा कोठा बुक गरेको थियो। तर सोमबार रातिसम्म निर्वाचन आयोगले मान्यता दिएको एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटी सदस्यमा ४६ जना उपस्थित भएका छन्।

बाँकी सातदेखि नौजना केन्द्रीय सदस्यहरु मंगलबार दिउँसोसम्म चन्द्रागिरि पुग्ने जानकारी प्रस्तावित पार्टीका केन्द्रीय सदस्य श्रीप्रसाद साहले दिएका छन्।

ती ४६ केन्द्रीय सदस्यमा ३२ जना सांसद पनि रहेका नेता साहले जानकारी दिएका छन्। चन्द्रागिरि पुगेका ४६ जना केन्द्रीय सदस्य ०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटी मध्येका हुन्।

नेपाललाई नयाँ पार्टी दर्ता गर्न ४१ जना केन्द्रीय सदस्य या ३१ जना सांसद भए पुग्छ। नेताहरु प्रदीप नेपाल र खगेन्द्र चुँडाल बिरामी भएका कारण आज उपस्थित हुन नसकेको जानकारी साहले दिए।

बुधबार निर्वाचन आयोगमा हुने सनाखतका क्रममा नेता झलनाथ खनालले दिल्लीस्थित नेपाली दूतावासमार्फत वारिसनामा पठाउने भएका छन्। चुँडाल र नेपाल पनि बुधबार सिधै निर्वाचन आयोगमा आउने जानकारी साहले दिएका छन्। News parda bata


Last Updated on: February 10th, 2022 at 2:01 pm
२०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया