मंगलबार ०३ जेठ २०७९

काठमाडौं।

नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले एमसीसी सम्झौताबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिठी नलेखेको भए देशमा प्रतिगमनको सरकार हुने र एमसीसी सम्झौता पास भइसकेको हुने बताएका छन् ।

एमसीसी सम्झौता पास गराउनका लागि अमेरिकासँग समय मागेको पत्र सार्वजनिक भएपछि प्रचण्डको आलोचना भइरहेका बेलामा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेको पत्र सञ्चारमाध्यममार्फत केही दिनअघि सार्वजनिक भएको थियो ।

‘यो चिठी नलेखिएको भए नेपालमा गठबन्धनको सरकार बन्ने थिएन जसले प्रतिगमनको बाटो रोजेको थियो, उसको नेतृत्वको सरकारले चुनाव गर्नुपर्ने हुन्थ्यो ।’ कुराकानीका क्रममा सांसद किराँतीले भने, ‘यही पत्रका आधारमा प्रतिगमन परास्त भयो ।

संविधान उल्लंघनको शृंखला चलेको थियो, त्यसको अन्त्य भयो । एमसीसी जस्तो राष्ट्रघाती सम्झौता केही समयका लागि पर धकेलियो । यी कुराहरु त सम्भव भयो नि !’

अहिले यो पत्रको विषय ‘तिललाई पहाड’ बनेर आएको पनि उनले टिप्पणी गरे । नेपालको इतिहास हेर्ने हो भने देशभक्तमाथि विभिन्न आक्रमण गरी काम गर्न नदिएका कयौँ उदाहरणहरु छन्, यही शृंखलामा प्रचण्डमाथि पनि आक्रमण भइरहेको उनको तर्क छ ।

माओवादीले हालसम्म कुनैपनि राष्ट्रघात नगरेको दाबी सहित उनले प्रश्न गरे, ‘कोशी सम्झौता, टनकपुर सम्झौतालगायतका देशघाती सम्झौता कसको पालामा भएका छन् रु माओवादीको पालामा अहिलेसम्म कहिले राष्ट्रघाती सम्झौता भएको छ ?’

हिमालदेखि तराइसम्मका नागरिक अहिले एमसीसीको विरोध गरिरहेका कारण एमसीसीको विषय आम नागरिकलाई बुझाउनु पर्ने उनको भनाइ छ ।

उनले भने, ‘एमसीसी संसदबाट पारित हुनुपर्ने किन रु यो अमेरिकी सैन्य रणनीति अन्तर्गत होइन भने त्यहाँको विदेशमन्त्रीले बोलेको किन रु नेपालको संविधानभन्दा माथि यो सम्झौता हुनुपर्ने किन रु आम नेपाली नागरिकलाई बुझाउन पर्दैन यी कुरा ।’ एमसीसीको बारेमा जनमत संग्रह गर्न पनि उनले सुझाव दिए ।

उनले नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनबाट पारित नीति पनि एमसीसी यथास्थितिमा पास हुनु हुँदैन भन्ने नै भएको बताए । यसमा अहिले पनि माओवादी केन्द्र स्पष्ट भएको उनको भनाइ छ ।

एमसिसि राेक्ने प्रमुख नेता प्रचण्ड हुन, हामि त उहाँकाे पक्षमा उभिएका हाैँ – भिम रावल
नेकपा एमालेका नेता भिम रावलले एमसीसी राेक्ने प्रमुख पात्र पुष्पकमल दाहाल प्रचण्ड भएकाे वताएका छन । जसले जे भने पनि प्रचण्डले एमसीसी बारे खुल्ला वहस शुरु नगरेकाे भए उहिले नै पास भइसकेकाे हुने थियाे ।

रावलले भने, ‘नेकपा हुँदा एमसीसी अध्ययन कार्यदल बनाउने प्रमुख पात्र नै प्रचण्ड हुन भने हामी सबै उहाँकाे बाटाेमा हिडेका हाै । उहाँ नभएकाे भए भित्र भित्र कसैलाइ थाहा नै नभइ एमसीसी पास हुने थियाे ।’

भीम रावलले एमसीसीमा रहेको देश हितविपरीतका प्रावधान नसच्याइ अनुमोदन गरिए राष्ट्रघात हुने बताएका छन् ।

नेपाल–चीन जनमैत्री प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा रावलले एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गतको रहेको पुष्टि भइसकेको भन्दै देश हितविपरीतका प्रावधान नसच्याइ अनुमोदन गरिए राष्ट्रघात हुने बताएका हुन् ।

अमेरिकाका मन्त्रीले नै एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गत हो भनिसकेको अवस्थामा नेपालका बिज्ञ भन्नेले होइन भनेर एमसीसीको बचाउन गर्नु हाँस्यास्पद भएको उनको भनाइ छ ।

उनले आफूले एमसीसीबारे सबै प्रावधान पढेकाले नेपालीलाई मुर्ख बनाउन काम नगर्न सुझाव दिए । पाँचतारे होटलमा एमसीसी परियोजनाको कार्यालय रहेको भन्दै उक्त कार्यालयमा नेपालीको कर खर्च गरिएको उनले आरोप लगाए ।

उनले तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले परियोजनाका कर्मचारीसँग सम्झौता गरेर त्यहिबेलादेखि नै असमान सम्झौता भएको पुष्टि भएको बताएका हुन् ।

रावलले एमसीसीको प्रस्तावता र बिभिन्न धारा तथा सम्झौतामा उल्लेख बुँदाहरु सार्वभौमिक समानताको सिद्धान्तविपरीत रहेको तर्क गरे ।एनपर्दा BATa


Last Updated on: February 11th, 2022 at 10:30 am
१६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया