
काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले स्थानीय चुनावमा कांग्रेस एक्लै लड्नुपर्ने बताएका छन् ।
अरुसँग मिलेर जाँदा कांग्रेस कमजोर हुने उनले बताएका हुन् ।
कांग्रेस कार्यसम्पादन समितिको बैठकअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले कांग्रेसको संगठन मजबुत बनाउन एक्लै चुनावमा जानुपर्ने बताए ।
बिहीवार पार्टी केन्द्रीय कार्यालयमा बस्ने कांग्रेस कार्यसम्पादन समिति बैठकले स्थानीय तहको चुनावी रणनीति बनाउँदैछ ।
दैनिक न्यूज नेपाल bata