मंगलबार ०३ जेठ २०७९

Kathmandu
चुनाबको मिति तोकिएपछि सबै राजनितिक दलका नेता आ-आफ्नो दलमा कार्यकर्ता तान्ने दौडधुपमा रहेका छन् । आज रुपन्देही सम्मरिमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ सुक्ला र वडा अध्यक्ष श्रवणकुमार यादवसहित विभिन्न पार्टीका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।

बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारमा उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । शुक्ला तत्कालीन विजयकुमार गच्छादार नेतृत्वको फोरम लोकतान्त्रिकबाट अध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै वडाध्यक्ष यादव नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।

उनीहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा लुम्बिनी र मधेस प्रदेश फेरि एकपटक माओवादीमय हुने विश्वास व्यक्त गरे । उनले आफु केही दिन पहिला सर्लाही र रौतहट जाँदा पनि मधेसका सयौं जनता माओवादी प्रवेश गरेको स्मरण गर्दै जनप्रतिनिधिकै पार्टी प्रवेशले नयाँ सन्देश दिने बताए ।

एमसिसि राेक्ने प्रमुख नेता प्रचण्ड हुन, हामि त उहाँकाे पक्षमा उभिएका हाैँ – भिम रावल
नेकपा एमालेका नेता भिम रावलले एमसीसी राेक्ने प्रमुख पात्र पुष्पकमल दाहाल प्रचण्ड भएकाे वताएका छन । जसले जे भने पनि प्रचण्डले एमसीसी बारे खुल्ला वहस शुरु नगरेकाे भए उहिले नै पास भइसकेकाे हुने थियाे ।

रावलले भने, ‘नेकपा हुँदा एमसीसी अध्ययन कार्यदल बनाउने प्रमुख पात्र नै प्रचण्ड हुन भने हामी सबै उहाँकाे बाटाेमा हिडेका हाै । उहाँ नभएकाे भए भित्र भित्र कसैलाइ थाहा नै नभइ एमसीसी पास हुने थियाे ।’

भीम रावलले एमसीसीमा रहेको देश हितविपरीतका प्रावधान नसच्याइ अनुमोदन गरिए राष्ट्रघात हुने बताएका छन् ।

नेपाल–चीन जनमैत्री प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा रावलले एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गतको रहेको पुष्टि भइसकेको भन्दै देश हितविपरीतका प्रावधान नसच्याइ अनुमोदन गरिए राष्ट्रघात हुने बताएका हुन् ।

अमेरिकाका मन्त्रीले नै एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गत हो भनिसकेको अवस्थामा नेपालका बिज्ञ भन्नेले होइन भनेर एमसीसीको बचाउन गर्नु हाँस्यास्पद भएको उनको भनाइ छ ।

उनले आफूले एमसीसीबारे सबै प्रावधान पढेकाले नेपालीलाई मुर्ख बनाउन काम नगर्न सुझाव दिए । पाँचतारे होटलमा एमसीसी परियोजनाको कार्यालय रहेको भन्दै उक्त कार्यालयमा नेपालीको कर खर्च गरिएको उनले आरोप लगाए ।

उनले तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले परियोजनाका कर्मचारीसँग सम्झौता गरेर त्यहिबेलादेखि नै असमान सम्झौता भएको पुष्टि भएको बताएका हुन् ।

रावलले एमसीसीको प्रस्तावता र बिभिन्न धारा तथा सम्झौतामा उल्लेख बुँदाहरु सार्वभौमिक समानताको सिद्धान्तविपरीत रहेको तर्क गरे । News parda bata


Last Updated on: February 11th, 2022 at 11:50 am
२०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया