मंगलबार ०३ जेठ २०७९

काठमाडौ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तह निर्वाचनमा बत्ती निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न चेतावनी दिएका छन् ।

२०७४ सालको स्थानीय चुनावमा पनि सत्तागठबन्धनसँग लडेर एमाले नै सबैभन्दा ठूलो दल भएको दृष्टान्त पेस गर्दै ओलीले अबको निर्वाचनमा पनि एमाले नै ठूलो दल हुने दाबी गरे । स्थानीयसँगै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि एमालेकै बहुमत हुने उनको दाबी छ ।

‘संघीयता भन्ने तर स्थानीय तहलाई निष्प्रभावी बनाउन चाहनेहरू छन्’ स्थानीय तह निर्वाचन तयारीबारे प्रशिक्षण उद्घाटन कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले भने, ‘अहिले पनि केही दल स्थानीय तह निर्वाचनको पक्षमा छैनन्, तर हामीले उनीहरूलाई पनि तानेर निर्वाचनमा ल्याउँनुपर्नेछ ।’

संविधान दिवसलाई कालो दिन भन्नेहरूले त्यसको रस चुसिरहेको ओलीले आरोप लगाए । स्थानीय तह लोकतन्त्रको खम्बा हो भन्दै उनले भने, ‘यो उपलब्धीलाई अझ बलियो बनाउन आवश्यक छ ।’

अहिलेको सत्ता गठबन्धनले स्थानीय तहको मर्म नै नबुझेको उनको आरोप छ । ओलीले भने, ‘गठबन्धनकारीले स्थानीय तहको मर्म नै बुझेका छैनन्, एमालेले जोडबल नगरेको भए अहिले पनि निर्वाचनको मिति तोकिँदैनथ्यो ।’ ओलले पार्टी फुटाएर अर्को पार्टीमा लागेकालाई एमालेमै फर्कन पनि आग्रह गरे । उनले भने, ‘भ्रमवश अर्को पार्टीमा लागेकालाई फर्कन आग्रह गर्दछु ।’

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी हुने तीनै तहको निर्वाचनमा एमालेले बहुमत ल्याउने दावी गरेका छन् ।एमालेले थालेकाे स्थानीय तह निर्वाचनको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले आगामी स्थानीय, प्रदेश र संघ तीनै तहको निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्ने बताए ।हाल एमालेको बर्चस्वले वर्तमान सत्ता गठबन्धनलाई बिझाइरहेको आरोपसमेत लगाएका छन् ।

‘एमालेको बर्चश्वले यीनीहरुलाई बिझाइरहेको छ,’ अध्यक्ष ओलीले भने, ‘आउँदो निर्वाचनमा बहुमत जित्छौ। के गर्लान् विचराहरु ?’उनल एमालेसँग जुध्नेहरुले भाग्ने ठाउँ भए भाग्न ठाउँ खोज्न चेतावनीसमेत दिए ।उनले भने, ‘भाग्न उम्किने ठाउँ छ भने खोजे हुन्छ । आउने संघीय र प्रदेश निर्वाचनमा बहुमत ल्याएरै छोड्छौँ’

त्यस्तैगरी उनले बिगतको जसरी निर्वाचनमा धाँधली गरेर जित्छु भन्ने कसैले नसोच्न समेत चेतावनी दिए ।उनले भने, ‘कसैले मतपत्र च्यातेर र बत्ति निभाएर जित्ने सपना नदेखे हुन्छ। अबको निर्वाचन त्यो प्रकारको रहन्न ।’ नेकपा एमालेले स्थानीय निर्वाचन केन्द्रीत प्रशिक्षणको कार्यक्रमहरु थालनी गरेको छ । उक्त कार्यक्रमको अध्यक्ष ओलीले उद्घाटन गरेका हुन् ।


Last Updated on: February 12th, 2022 at 12:40 pm
१४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया