मंगलबार ०३ जेठ २०७९

काठमाडौं । नेकपा (एमाले) की नेतृ तथा राष्ट्रियसभा सदस्य कोमल वलीले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद भनेकी छिन् ।

वलीले अध्यक्ष ओलीले ‘राजनीति गर्नेहरुको लागि सर्वश्रेष्ठ देवता नै जनता हुन्’ भनेको कुरा आफ्नो भावनासँग पनि ठ्याम्मै मिलेको उल्लेख गर्दै ओलीलाई राजनेता भन्दै धन्यवाद व्यक्त गरेकी छिन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेकी छिन्-

दाङ आउनुअघि श्रद्धेय अध्यक्षज्यूलाई भेट्न गएँ र दाङका जनतालाई सन्देशका लागि आग्रह गरें । वहाँले भन्नु भयो “जनताको दुखसुखको साथीहो तपाईहरु,जनताको सहयोगका लागि पछि हट्नु हुँदैन ,राजनीति गर्नेहरुकालागि सर्वश्रेष्ठ देवतानै जनता हुन् ” जुन भावना मसंग ठ्याम्मै मिल्यो। धन्यवाद राजनेता ।

निजी क्षेत्रले प्रतिलिटर दूधमा १० रुपैयाँ बढाउने
काठमाडौं : नेपाल डेरी एशोसियशन र डेरी उद्योग सङ्घले दूधको मूल्य लिटर १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन् । निजी क्षेत्रबाट दूध बिक्री गर्ने यी दुई डेरी उद्योगले यहाँ आज पत्रकार सम्मेलन गरी सरकारले निर्धारण गरेको दूधको मूल्य आफूहरूलाई मान्य नहुने भन्दै यही फागुन १ गतेदेखि लागू हुने गरी दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ कायम गरेको घोषणा गरेका हुन् ।

त्यसैगरी किसानले पाउने मूल्य प्रतिलिटर ५३ रुपैयाँ ४५ पैसाबाट बढाएर ६२ रुपैयाँ कायम गरिएको छ । सो मूल्यको दूधमा चार प्रतिशत फ्याट र आठ प्रतिशत एसएनएफको गुणस्तर कायम हुनुपर्छ । पहिला स्ट्यान्डर्ड प्रशोधन गरिएको दूधको प्रतिलिटर मूल्य ७६ रुपैयाँ थियो भने अब ५०० एमएलको एक प्याकेटको खुद्रा बिक्रि मूल्य ४३ रुपैयाँ रहेको छ । डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले दूधको मूल्यबारे पटकपटक सरकार र सम्बन्धित निकायलाई सल्लाह र सुझाव दिँदासमेत बेवास्ता भएपछि आफूहरूले मूल्य घोषणा गर्न बाध्य भएको जानकारी दिए ।
News 24 Express


Last Updated on: February 13th, 2022 at 11:28 am
२०० पटक हेरिएको

तपाईको प्रतिक्रिया