मंगलबार ०३ जेठ २०७९

चर्चित राजनितीक विश्लेषक मुमाराम खनालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको बारेमा खरो विश्लेषण गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले एमसीसी पास गर्न तयार छौँ पाँच महिनाको समय थप चाहियो भनेर एमसीसी बोर्डलाई लेखेको पत्र सार्वजनिक भए पछि विश्लेषक खनालले प्रचण्डको भड्कीएको आत्मा व्यवस्थापन नभए सम्म यस्तो भइरहने बताएका छन् ।

एक टेलिभिजनलाई दिएको अन्तवार्तामा खनालले प्रचण्डले राजनितीमा आफ्नो स्थायी व्यवस्थापन खोजेको र त्यो पाउँन नसकेका कारण हरेक कुरामा डबल रोल खेलिरहेको बताएका छन् । प्रचण्डले खोजेको ज्यानको सुरक्षा , सम्पत्तीको सुरक्षा के हो बरु त्यसको ग्यारण्टी गरौँ नभए नेपालले दुख पाउँने भयो उनले भनेका छन् ।

अमेरिकालाई एमसीसी पास गर्न तयार छौँ भनेर पत्र लेख्ने र पार्टी भित्र एमसीसीको विरोध गरेर प्रचण्डले डबल रोल खेलेको भन्दै खनालले प्रचण्डले यो सब आफ्नो स्थायी व्यवस्थापनका लागी गरेको जिकिर गरेका छन् । प्रचण्डलको दुई जिब्रे चरित्रले उनले त दुख पाउँनेनै भए मूलकले पनि मूल्य चुकाउँनु पर्ने अवस्था आएको छ । उनले भनेका छन ।

द्धन्द्ध कालदेखिनै प्रचण्डको दुइधारे दुइजिब्रे चरित्र रहेको खुलासा पनि खनालले गरेका छन् । त्यसबेला पनि प्रचण्डले राजा ज्ञानेन्द्र सँग वार्ता भइरहेको भन्दै पार्टीमा जानकारी दिन्थे, भित्रभित्रै अनेक काम गर्थे एमाले भित्र पनि माधव नेपाल सँग छुट्टै , बामदेव गौतम सँग छुट्टै र केपी ओली सँग उनको छुट्टै कुरा हुन्थ्यो । उनले भनेका छन् ।

खेलेरनै आफ्नो स्वार्थ पुरा गर्न सकिने बुझाइएमा रहेका प्रचण्डले आफ्नै कारण दुख पाउँने स्थिति बनेको ठोकुवा पनि खनालले गरेका छन् । २०६४ सालको निर्वाचनमा काग्रेस र एमालेको जोड्दा पनि प्रत्यक्ष तर्फ बढि

सिट ल्याएको माओवादी आज काग्रेस या एमालेले सहयोग नगरे अस्तिवनै रक्षा गर्न नसक्ने अवस्थामा पुगेको छ, यो सब प्रचण्डका कारण भएको हो । खनालले भनेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र मओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी बोर्डलाई लेखेको पत्रले देशकै बदमान भएको भन्दै खनालले उनीहरुले देशमाथी बेइमानी गरेको बताएका छन् ।

एउटा गाउँपालिकाको अध्यक्षले समेत गर्न नमिल्ने काम प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री तहको मान्छेले गरेका छन् यसलाई कुनै पनि दृष्टिकोणले सहि मान्न सकिँदैन । खनालले भनेका छन् । ।


Last Updated on: February 13th, 2022 at 11:50 am
२३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया