बुधबार १२ माघ २०७८

ओलीसँग लड्न रावलको त हैसियतै पुग्दैन, प्रचण्डले त सकेनन : टोपबहादुर रायमाझी
काठमाडौ ।

नेकपा एमाले का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अहिले राष्ट्रले नै केपी शर्मा ओलीलाई मानेको र सम्मान गरेको स्मरण गराएका छन् ।

उनले भने,‘अहिले पार्टीले केपी शर्मा ओलीलाई मानेको छ, सम्मान गरेको छ। पार्टीले मात्रै होईन, जनताले पनि मानेको छ। अहिले जनताले केपी बा भन्छन् । उस्तै पर्यो भने केपी आउ, देश बचाउ भन्ने बेर छैन् यहाँ ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले नेपालका अरु नेताहरु ओलीको सामू फिक्का भैसकेको पनि टिप्पणी गरे ।

उनले भने,‘केपी ओलीप्रति जनताको क्रेज बढ्दा सबै खुशी हुनुपर्छ । अहिले एमालेको अध्यक्ष केपी शर्मा ओली नै हो । उहाँ सर्वसम्मत् रुपमा अध्यक्ष बन्ने प्रवल सम्भावना छ ।’

उनले केपी ओलीसँग टिक्न नसकेर प्रचण्ड भागेको आरोप लगाए । उनले भने,‘कुरा नमिल्दैमा भाग्नुपर्छ ।’ केपी ओलीसँग लड्न भीम रावलको हैसियत नपुग्ने भन्दै धेरै नकराउन समेत उनलेृ चेतावनी दिए ।


Last Updated on: November 29th, 2021 at 9:20 am
२२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया