
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ ।
९८ सांसदले प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका हुन् ।
कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दलका सांसद महाभियोग प्रस्ताव लिएर संसद् सचिवालय पुगेका थिए ।
आइतबार बिहान ९८ सासदको हस्ताक्षरसहित सांसदहरू सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न पगेको सचिवालयका वरिष्ठ अधिकारीले जानकारी दिए ।
महाभियोग प्रस्ताव लिएर पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ, गगन थापालगायत सांसद संसद् सचिवालय पुगे ।