मंगलबार ०३ जेठ २०७९

काठमाडौ ।

सत्ताधारी पार्टीलेनै प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा विरुद्ध महाअभियोग प्रस्ताव पेस गरे पछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले कडा प्रतिक्रिया दिएका छन् ।

परमादेशबाट बनेको अहिलेको सरकार र गठबन्धनले आफु आइजीपी र सर्वोच्च अदालतलाई सिपाही जस्तो ठानेर यस्तो गरिरहेको भन्दै एमालेले अब कुन रुपमा व्यवहार गर्छ भन्ने प्रष्ट भएको ओलीले बताएका छन् । अहिलेको गठबन्धनले एमालेलाई जिस्काएको पनि उनले भनेका छन् ।

स्थानिय तहको निर्वाचनको मिति तय भएको अवस्थामा समयमै निर्वाचन गर्न नदिने उदेश्य राखेर षड्यन्त्रमूलक तरिकाले महाअभियोग दर्ता गरिएको भन्दै ओलीले यो निर्वाचन नगर्ने षड्यन्त्रको प्रकटिकरण हो भनेका छन् । एमालेले यसको राम्रो सँग जवाफ दिने भने आोलीले प्रष्ट पारेका छन् ।

ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अनुचित, अनुत्तरदायी र हानिकारक उद्देश्यबाट आएको भन्दै सत्ता गठबन्धनको यो कदमको निन्दा गरेका छन् ।महाअभियोगको सिलसिलाको बिजारोपण गरेर सत्तापक्षले राज्यका अंगहरूलाई नियन्त्रण गर्ने र प्रतिपक्षसँगको सम्बन्ध तनावग्रस्त बनाउन खोजेको बताए ।

अध्यक्ष ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग वैशाख ३० मा घोषणा गरिएको स्थानीय तहको निर्वाचन हुँडल्ने र रोक्ने षड्यन्त्रको एउटा हुनसक्ने आशंकासमेत गरेका छन् ।

पूर्वप्रधानमन्त्री ओलीले भने, ‘सत्तापक्ष र प्रतिपक्षकाबीचको सम्बन्धको तनाव शीथिल हुँदै गरेका बेला फेरि तनावग्रस्त बनाउने र वातावरण विथोल्ने षड्यन्त्रबाट यो महाअभियोग ल्याइएको छ । यो लोकतन्त्रविरुद्धको धरै गम्भीर कदम हो । अर्को भाषामा भन्ने हो भने गम्भीर षडयन्त्रको प्रकटीकरण हो ।’

ओली मात्रै होइन प्रधानन्यायाधिश विरुद्ध महाअभियोग पेस भए पछि एमालेका अन्य नेताहरुले पनि कडा प्रतिक्रिया दिएका छन् । एमालेले काउण्टर रणनितिको पनि तयारी गरेको छ । भोलिनै संसदीय दलको बैठक बोलाएको एमालेले महत्वपुर्ण स्टेप चाल्न सक्ने अनुमान गरिएको छ ।

यसरी बन्दैछन् वैशाख ३० गतेपछि प्रचण्ड प्रधानमन्त्री !
आगामी वैशाखको ३० गते स्थानीय तहको निर्वाचन तोकिएका बेला दलहरु महत्वकांक्षी बनेका छन् । सत्तरुढ गठबन्धनका दलहरु आफ्नो अनुकुल अवस्था सिर्जनाका लागि लागिपरेका छन् ।

पछिल्लो समय नेपालमा बहसको बिषय बनेको अमेरिकी सहायता परियोजना (एमसीसी)लाई लिएर सत्ता गठबन्धनमा खटपट चलिरहेको छ ।

यसैबीच, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने माग गरेको खुलासा भएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारनिकट स्रोतले बताएअनुसार प्रचण्डले स्थानीय निर्वाचनपछि आफू प्रधानमन्त्री बनेदेखि एमसीसी पास गर्न सघाउने वाचा गरेका थिए ।

‘स्थानीय चुनावको मिति तोकिएको र एमसीसीलाई संसदमा टेबुल गर्न लागेको विषयलाई लिएर प्रचण्डले राजनीति गर्न खोज्नुभयो,’ बालुवाटार उच्च स्रोतले भन्यो, ‘आफू प्रधानमन्त्री भए एमसीसीपास गर्न सहयोग गर्ने प्रचण्डको प्रस्ताव थियो । प्रधानमन्त्री देउवाले त्यसलाई स्वीकार गर्नुभएको छैन ।’

स्थानीय निर्वाचनपछि हुने संघीय चुनाव आफूले गराउन पाउनुपर्ने भन्दै केही दिनअघि बालुवाटारमा भएको छलफलमा प्रचण्डले शर्त तेर्स्याएका थिए । त्यही विषयलाई लिएर देउवा(प्रचण्डबीच नोकझोँक समेत भएको स्रोतको दाबी छ ।

यसबारे नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसमेत जानकार छन् । उनले एमसीसी पास गर्नैपर्ने भएदेखि देउवाको होइन प्रचण्डकै नेतृत्वमा बनेको सरकारले गरे राम्रो हुने सुझाव प्रचण्डलाई दिएको चर्चा चलेको छ ।

प्रचण्डनिवास खुमलटार स्रोतले भने प्रधानमन्त्री हुनुपर्ने माग प्रचण्डको नरहेको दाबी गरेको छ । ‘सत्ता गठबन्धनलाई तोड्ने हिसाबले यस्ता प्रचार भएका हुन्,’ सचिवालयका एक सदस्यले भने, ‘एमसीसी संशोधनबिना पास हुन सक्दैन भनेर लिएको अडानलाई कमजोर पार्ने गरी यस्तो कुरा बाहिर ल्याइएको हो ।’

केही दिनअघि एमसीसी मुख्यालयलाई लेखिएको एक पत्र सार्वजनिक भएको थियो । एमसीसी पास गर्ने प्रतिबद्धता व्यक्त गरिएको उक्त पत्रमा देउवा र प्रचण्डको संयुक्त हस्ताक्षर थियो । उक्त पत्र बालुवाटारबाटै सार्वजनिक भएको भन्दै केही सञ्चारमाध्यमहरूले समाचार लेखिसकेका छन् ।

प्रचण्डले प्रधानमन्त्री मागेपछि रुष्ट भएका देउवाले पत्र सार्वजनिक गर्न लगाएको हुन सक्ने आंकलन राजनीतिक वृत्तमा गरिएको छ । यद्यपि यसको स्वतन्त्र पुष्टि भने कसैले गरेको छैन । प्रचण्डको रणनीति आफू प्रधानमन्त्री बन्न्ने रहेको पनि यस तथ्यबाट आँकलन हुन थालेको छ ।


Last Updated on: February 14th, 2022 at 9:04 am
७२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया