बुधबार ०४ जेठ २०७९

काठमाडौँ –।

सत्तारूढ दलका ९८ सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध काउन्टर महाभियोग दर्ता गर्ने चर्चा चलेको छ ।

आज अध्यक्ष केपी शर्मा ओलीले सचिवालय र संसदीय दलको अकस्मात बैठक बोलाएका छन् । बैठकमा काउन्टर महाभियोगको छलफल चल्ने एमालेका एक सांसदले जनाए ।

सभामुख प्रतिनिधि सभाको दोस्रो विघटनविरुद्ध सर्वोच्च अदालतमा चलेको मुद्दामा तत्कालीन संवैधानिक इजलासमा रहेका थप ४ न्यायाधीशमाथि पनि महाभियोग दर्ता गर्नुपर्ने मत एमालेमा बलियो बन्दै गएको हो ।

यसबारे माओवादी केन्द्रका एक प्रभावशाली नेतालाई प्रश्न गर्दा नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘हामीले पनि हातमा दही जमाएर बसेका छैनौं । एमाले सभामुखविरुद्ध जान्छ भने गठबन्धनले पनि राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पेश गर्न सक्छ ।’

महाभियोग प्रकरणले सत्तापक्ष र प्रतिपक्षी दलबीच दूरी बढाएको छ । एमाले अध्यक्ष ओलीले सत्तारूढ गठबन्धनले नै महाभियोगको सिलसिला शुरू गरेको आरोप लगाएका छन् भने एमालेले पनि त्यसको जवाफ दिने बताएका छन् ।

वियोगको संयोगले जुराएको अवसर
२०५० जेठ ३ मा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित दासढुंगा दुर्घटना (वा हत्या?) मा मारिएपछि जेठ ९ को केन्द्रीय कमिटी बैठकबाट नेपाल महासचिव चुनिए। एमालेले मनमोहन अधिकारीका लागि पाँचौं महाधिवेशन (२०४९ माघ १४-२०, काठमाडौं) बाटै अध्यक्षको व्यवस्था गरेको थियो। मनमोहन अध्यक्ष नै रहे, माधव महासचिव चुनिए।

एमालेजनले मदन-आश्रितको हत्या भएको निश्कर्षसहित आन्दोलन चर्काएका थिए। मदनको हत्यामा पार्टीभित्रकै केही व्यक्तिलाई शंकाको घेरामा पारिएको थियो। उनीहरु अगाडि आउने आँटै गरेनन्। पाँचौं महाधिवेशनमा आफ्नो विचार अस्वीकृत भएको भन्दै सीपी मैनाली पछि हटे। अनि सन्तुलनकारी पात्रका रुपमा माधव अगाडि आए। मदन अवसानको संयोगले माधवलाई एमालेको नेतृत्वमा पुर्‍यायो। मनमोहन आलंकारिक जस्तै अध्यक्ष थिए।

छैटौं महाधिवेशन (२०५४ माघ १२-१८, नेपालगञ्‍ज) बाट पनि मनमोहन र माधवले क्रमशः अध्यक्ष र महासचिवमा निरन्तरता पाए। त्यसबेलासम्म एमाले वैचारिक रुपले फुटिसकेको थियो। भारतसँगको विवादास्पद महाकाली सन्धिका कारण पार्टीभित्र दुई चिरा भइसकेको थियो। २०५२ माघ २९ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पीभीनरसिंह रावले महाकाली सन्धिमा हस्ताक्षर गर्दा एमालेको नेतृत्वमा माधवकुमार नेपाल थिए भने केपी ओली सन्धिका बलिया समर्थक थिए।

महाकाली सन्धि संसद्‍को दुईतिहाइ बहुमतले पारित गर्नुपर्ने थियो। कांग्रेस नेतृत्वको सरकार हस्ताक्षरकर्ता थियो, राप्रपाको असहमति थिएन। एमालेभित्र भने रडाको मच्चिएको थियो। वामदेव गौतम, सहाना प्रधान, राधाकृष्ण मैनालीलगायत एमालेका करिब ३० सांसद अनुपस्थित रहे पनि नेपाल-ओली गुटको सहयोगमा २०५३ असोज ४ गते मध्यरातमा संसद्‍को दुवै सदनबाट ८२ प्रतिशत मतले सन्धि अनुमोदन भयो। एमालेभित्र रहेर सन्धिको चर्को विरोध गर्नेमध्येका दार्चुलानिवासी प्रेमसिंह धामीको पनि पछि ‘रहस्यमय’ जीप दुर्घटनामा मृत्यु भयो।

महाकाली सन्धि पारित भएसँगै एमालेभित्र स्पष्ट विभाजन देखापरिसकेको थियो। यद्यपि, वामदेव गौतमहरु यही मुद्दाको बलमा एमालेको नेतृत्वमा स्थापित हुने अन्तिम कसरतका लागि पार्टीभित्रै लडिरहे। मुद्दामात्र होइन, नेपालगञ्‍जमा त मुक्का पनि बर्साए। नेपालनिकट बर्दियाका नेता श्याम ढकाललाई वामदेव समूहका युवानेता रुपनारायण श्रेष्ठले मुक्का बर्साए र महाधिवेशन उद्घाटनस्थल रंगशालाको मैदानमा ढलाए। जीवराज आश्रितपत्नी माया ज्ञवालीलाई जबरजस्ती ढकालको ढाडमा टेकाए। र, ढकाललाई एउटा नारा लगाउन आदेश दिए। ‘मरता, क्या नही करता!’ विचरा ढकालले पनि अह्राएबमोजिम नारा लगाए, ‘महाकाली सन्धि धोका हो, माधव नेपाल बोका हो।’

तर, एमालेभित्र वामदेवहरुको केही जोर चलेन। महाधिवेशन सम्पन्न भएको एक महिनापछि नै २०५४ फागुन २१ मा विभाजित भएर नेकपा माले बनाए। माधव र ओलीले पार्टी विभाजन भए पनि सन्धि पारित गराइछाड्ने अठोटमा थिए। ओली सन्धिबाट भिन्न रुपमा लाभान्वित थिए। त्यसैले विभाजन निश्चित भएको पार्टी बोक्ने संयोग माधवकै काँधलाई जुर्‍यो।

सातौं महाधिवेशन (२०५९ माघ १८-२२, जनकपुर) सम्म आइपुग्दा मनमोहन बितिसकेका (२०५६ वैशाख १३ मा) थिए। राजदरबारभित्रै राजा वीरेन्द्रको वंश विनाश (२०५८ जेठ १९) भएको थियो। सीपी मैनालीलाई माले जिम्मा लगाएर वामदेव गौतमहरु गलेर (२०५८ फागुन ४ मा) ‘घर फर्केका’ थिए। राजा ज्ञानेन्द्रले निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गरेर (२०५९ असोज १८) ‘सफ्ट कू’ गरिसकेका थिए। गलेका वामदेवमा दम थिएन, ओली ‘बयलगाडा चढेर अमेरिका पुगिन्न भन्ने’मा दृढ थिए। वीरेन्द्रको भौतिक, वामदेवको राजनीतिक र ओलीको नैतिक अवसानको संयोगले फेरि ‘ऐजन ऐजन’ रुपमा एमालेको बागडोर माधवकै हातमा आइपुग्यो।

त्यसपछि माधव नेपाललाई संयोगहरुले कहिल्यै छाडेन। २०६० जेठ १९ मा प्रधानमन्त्री बनिपाऊँ भनेर राजा ज्ञानेन्द्रसामु दरबारमा चढाएको बिन्तीपत्र खेर गए पनि २०६१ जेठमा देउवाको पुनःस्थापनासँगै ‘प्रतिगमन आधा सच्चियो’ भन्दै एमाले सत्तामा पुग्यो। संयुक्त अध्यक्ष भएर एमालेमा बसिरहने चाहना पूरा नभए पनि ६ महिनाअघि नयाँ दल गठन गरेर नेपाल अहिलेसम्म सत्तामै छन्। त्यो पनि सांसद संख्याको हिसाबले दुई गुणा ठूलो माओवादीजत्तिकै हैसियतमा।

अबको बाटो
माधव नेपाल तत्काल एमालेमा फर्किने अवस्था देखिँदैन। केपी ओलीमात्र होइन, उनका उत्तराधिकारीहरु पनि अर्को महाधिवेशनमा फेरि अध्यक्षको उम्मेदवारी दिनसक्ने इतर गुटका नेपाललाई पार्टीमा भित्र्याउन इच्छुक छैनन्। कांग्रेससँगको सहकार्यमा पनि अब कुनै लाभको ग्यारेण्टी छैन। यस्तोमा प्रचण्डसँग नारिनु नेता नेपालको निर्विकल्प विकल्प बनेको छ।

माओवादीसँग मिलेर ‘राष्ट्रवाद’को नारा लगाउँदै आगामी निर्वाचनहरुमा आफ्नो स्थिति मजबुत गर्नु नेपालको एकमात्र ध्येय हुनेछ, एउटा मुद्दा त एमसीसी नै बन्नेछ। परिस्थिति भयानक किसिमले फेरिएन भने माओवादी र एकीकृत समाजवादी छिट्टै एकताको दिशामा अग्रसर हुने छन्। संगठन विस्तार नभएको, चुनाव चिह्न नै चिनाउन नसकिएको अवस्थामा माओवादीसँगको तालमेलले मात्र निर्वाचनमा आफ्नो उपस्थिति बलियो बनाउन सकिँदैन भन्ने कुरा नेपालले राम्रैसँग बुझेका छन्।

किनकि, एमाले र माओवादीले गठबन्धन भन्दा पार्टी एकता गरेर एउटै चिह्नमा चुनाव लडेको भए एकतापछिको नेकपाले एक्लै दुईतिहाइ बहुमत ल्याउन सक्ने कुरा गत संघ र प्रदेश निर्वाचनको नतिजाले देखाइसकेको छ। फरक-फरक चिह्नमा चुनाव लड्दा मत बाँडिएर केही संख्या घट्न गएको तथ्यहरुले पनि पुष्टि गरेका छन्। बन्न नपाइ भत्किने अवस्थामा पुगेको पार्टी काँधमा बोकेर हिँड्नुभन्दा सम्मानजनक पदको व्यवस्थापन गरेर माओवादीसँग मिल्नुमै फाइदाजनक हुने कुरा माधव नेपाललाई कसैले सिकाइरहनु पर्दैन। अवसानमा पनि अवसर खोज्न अभ्यस्त छन् उनी।

यता प्रचण्ड पनि केन्द्रीय कमिटीको बैठक स्थगन गरेर बसेका छन्। पार्टीभित्र आफूपछिका आकांक्षीको गुट व्यवस्थापनमा कठिनाइ भएकाले पदाधिकारी चयन गर्न उनलाई पनि हम्मेहम्मे परेको छ। पहिलोपटक प्रधानमन्त्री बनेसँगै पार्टीभित्रको गुट व्यवस्थापन गर्न नारायणकाजी श्रेष्ठलाई ठूलो महत्त्वसाथ भित्र्याएका थिए प्रचण्डले। अहिले पनि पार्टीको क्षयीकरण रोकेर बलियो शक्ति निर्माण तथा गुट व्यवस्थापनका लागि एकीकृत समाजवादीसँग एकता गर्नु उनको पनि पहिलो प्राथमिकता हुनेछ।

‘वर्तमान परिप्रेक्ष्य’मा माधव नेपालको थेगो हो। वर्तमान परिप्रेक्ष्यको सही आकलन गर्न सिपालु भएकैले सायद उनले यो थेगो प्रयोग गर्छन्। यसपटकको आकलनले उनलाई कहा पुर्‍याउँछ, त्यो हेर्न सम्भवतः धेरै समय पर्खनुपर्ने छैन।
News parda


Last Updated on: February 14th, 2022 at 12:06 pm
२१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया