मंगलबार ०३ जेठ २०७९

काठमाण्डौ, ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीको विपक्षमा जाँदा गठबन्धन र सरकार छोड्न परे पनि तयार रहेको स्पष्ट पारेका छन् ।

प्राइम टाइम्स एचडीको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुमोदन प्रक्रियामा लगे गठबन्धन र सरकार दुवैबाट बाहिरिने घोषणा गरेका हुन् ।

एमसीसीको विपक्षमा जनमत भएका बेला अनुमोदन प्रक्रियामा लैजान नहुने दाहालको भनाई छ ।

अध्यक्ष दाहालले एमसीसी संसदमा टेबल गर्नबाट सभामुख अग्नि सापकोटाले नरोकेको पनि स्पष्ट पारेका छन् । सरकारकै कारण संसद स्थगित भएको भन्दै दाहालले सभामुखमाथि गलत आरोप लगाइएको बताए ।

पछिल्लो पटक त एमालेले पत्र नै लेखेर संसद बैठक स्थगित गर्न आग्रह गरेको पनि दाहालले स्मरण गराए । दाहालले अमेरिकालाई लक्षित गर्दै अहिले एमसीसी पारित गर्ने बेला नभएको बताए ।

निर्वाचनको मिति घोषणा भएका बेला एमसीसी अनुमोदन प्रक्रियामा लैजान नहुने दाहालको भनाई ।नेपालको लोकतन्त्र बलियो बनाउन पनि अमेरिकाले सहयोग गर्नुपर्ने भन्दै उनले पारित भयो भने नेपालमा संकट आउने बताए ।

अध्यक्ष दाहालले अझै पनि एमालेसँगको सहकार्य हुन सक्ने बताएका छन् ।तत्काल सहकार्य नभए पनि समय परिस्थितीले फेरी पनि एमालेसँग एकता, सहकार्य र चुनावी गठबन्धन हुन सक्ने बताए । आवश्यक परे आफूले केपी ओलीसमक्ष सहकार्यको प्रस्ताव लैजाने दाहालले बताए ।

चुनावलाई लक्षित गरेर नेपाली कांग्रेसलगायतका दलहरुसँग पनि तालमेल गर्ने दाहालको भनाई छ । कांग्रेसका केही नेताहरुले तालमेलको विरोध गरे पनि कांग्रेसको ९० प्रतिशत कार्यकर्ता तालमेलको पक्षमा रहेको दाहालको दावी छ ।

अन्तरवार्ताका क्रममा दाहालले समग्र अवस्थाको चिरफार गरेका छन् । वैदेशिक सम्बन्ध सबैसँग राम्रो हुनुपर्ने भन्दै उनले अमेरिकासँग पनि आफू सम्बन्ध विगार्न नचाहने स्पष्ट पारेका छन् ।

सरकारले एमसीसी टेबुल गराए सभामुखले बहस गराउनुपर्छ, रोक्ने अधिकार छैन् : प्रचण्ड
काठमाडौं, २९ माघ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटा आफ्नो इशारा अनुसार चलेको भनेर लगाईएको आरोपमा कुनै सत्यता नभएको बताएका छन् ।

उनले सरकारले एमसीसी प्रस्ताव संसदमा टेबुल गरे सभामुख सापकोटाले नरोक्ने पनि बताए । उनले भने, सरकारले प्रस्ताव अगाडि बढाउ भन्यो भने उहाँले अघि बढाउनुपर्छ । रोक्ने अधिकार सभामुखलाई छैन् ।आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, प्रधानमन्त्रीले एमसीसी संसद्मा टेबुल गर्न चाहे टेबुल हुन्छ । यो रोक्न मिल्दैन् । टेबुल भयो भने हामी त त्यो प्रस्तावको पक्षमा जाँदैनौं । र, जान पनि मिल्दैन् ।

एमसीसीले देशलाई फाईदा नगर्ने र घाटा बढि हुन्छ भनेर आफूहरु जनतामा जाने पनि सुनाए । उनले एमसीसी पारित भए नैतिक रुपमा आफूहरु सरकारमा नबस्ने पनि खुलासा गरे ।

उनले सभामुख सापकोटाले पनि एमसीसीको बारेमा सर्बदलीय सहमति बनाउन चाहेको पनि सुनाए ।उनले आम सहमति नगरी जबरजस्ती हतार गरेर एमसीसी पास गर्न नहुने धारणा राखे ।

उनले यदि सरकारले एमसीसी संसदमा लगेमा र सभामुखले अघि नबढाए नैतिकताका आधारमा पद त्याग्नु उचित हुने पनि बताए ।नले आफूहरुले एमसीसी पास गर्ने भनेर पाँच दलीय गठबन्धन नबनाएको पनि जिकिर गरे ।

उनले एमसीसी पास भयो भने आफूहरु यो यो गलत कुरा हो भनेर जनतामा जाने पनि सुनाए ।एमसीसीको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको कुरा मिलेको सुनाए । उनले ओली राजनीतिक अडानमा भन्दापनि स्टण्टमा विश्वास गर्ने नेता भएको टिप्पणी गरे ।
News parda bata


Last Updated on: February 14th, 2022 at 12:54 pm
६७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया