मंगलबार ०३ जेठ २०७९

काठमाडौं । प्रमुखप्रतिपक्षी दल नेकपा (एमाले)ले सभामुख अग्निप्रसाद सापकोटाबिरुद्ध महाभियोग प्रस्ताव दर्ताको तयारी थालेको छ ।

सर्वोच्च अदालतका प्रधानव्याधीश चोलेन्द्र शमशेर जबराबिरुद्ध आईतबार सत्तापक्षका ९८ सांसदहरुले हस्ताक्षर गरेर महाभियोग दर्ता गरेका छन् ।

त्यसको ‘काउटर’ स्वरुप एमालेले पनि सभामुखबिरुद्ध महाभियोग दर्ताका लागि तयारी थालेको हो । आईतबार बसेको एमालेको सचिवालय बैठक बसेको थियो । उक्त बैठकले प्रधानन्यायाधीशबिरुद्धको महाभियोगको प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

त्यस्तै एमालेको संसदीय दलको बैठक हाल अहिले बसिरहेको छ । उक्त बैठकबाटै सभामुखमाथि महाअभियोग दर्ता गराउन एमालेले संसादहरुको हस्ताक्षर संकलन थालेको स्रोतले बताएको छ ।

नेकपा एमालेले आईतबार नै उपत्यका बाहिर रहेका नेता तथा सांसदहरुलाई संसदीय दलको बैठकमा उपस्थित हुन काठमाडौं आइपुग्न निर्देशन दिएको थियो ।
News 24 Nepal


Last Updated on: February 14th, 2022 at 1:00 pm
५०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया