मंगलबार ०३ जेठ २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सर्वदलीय बैठक बहिस्कार गर्ने भएको छ ।

प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराबिरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि सभामुख अग्निप्रसाद सापकोटाले सोमबार बस्नेगरी सर्वदलीय बैठक बोलाएका थिए । तर उक्त बैठक एमालेलेले बहिस्कार गर्ने भएको हो ।

आज बस्ने सर्वदलीय बैठकमा महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले जानकारी दिएका छन् ।

सभामुखसँग असहमति हुँदा हुँदै सभामुखले नै बोलएको बैठकमा हामी जानुको अर्थ नहुने भन्दै सर्वदलीय बैठकमा सहभागी नहुने एमालेले जनाएको छ ।

सत्ता गठबन्धनको ९८ सांसदहरुले हस्ताक्षर गरेर आइतबार संसद सचिवालयमा प्रधानन्यायाधीशबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । News 24


Last Updated on: February 14th, 2022 at 1:12 pm
१४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया