बुधबार ०४ जेठ २०७९

नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना (एमसिसी) र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि लगाइएको महाअभियोग पारित गर्न आव्हान गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको संसदीय दलको बैठकले एमसिसी र महाअभियोगलाई संसदबाट पास गर्नुपर्ने निष्कर्ष निकालेको कांग्रेस सांसद डिला संग्रौलाले जानकारी दिइन्।

बैठकमा उपस्थित सबै सांसदले एमसिसी अगाडि बढाउनुपर्ने धारणा राखेको बताएका थिए।

बैठकमा नेता रामशरण महतले एमसिसी देशको हितमा भएका कारण यसलाई कार्यान्वयन गर्नुपर्ने बताएका थिए।

उनले करिब १ घन्टा एमसिसीका बारेमा सांसदहरूलाई बुझाएका थिए।
Setopati bata


Last Updated on: February 15th, 2022 at 1:35 pm
१५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया