बुधबार ०४ जेठ २०७९

काठमाडौँ – पछिल्लो समय जनमुखी काम गरेर चर्चामा रहेका सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई बदनाम गर्न अनेक हर्कत शुरु भएका छन्।

images
सोमवार भारतमा बस्दै आएका अछामका जगत ओलीले २४ घण्टाभित्र ५० लाख रुपैया नदिए बदनाम गर्छु भन्दै धम्कि दिएका र पछि २० लाख सम्म मागेको तर मन्त्री आलेले सुको नदिएपछि आले बिरुद्ध आक्रामक लेख्न थालेको मन्त्री आलेको सचिवालय जनाएको छ।

मन्त्री आलेसंग गरीएको भिडियो सार्वजनिक गरेर बदनाम गर्न खोजेका जगत ओलीले अन्तत आफुले गल्ती गरेको भन्दै माफी मागेका छन्। कुराकानीको अडियोलाई सार्वजनिक गरेर आफुले मर्यादा नाघेको भन्दै उनले माफी मागेका हुन्।

सुनौलो नेपालसंगको कुराकानीमा उनले पैसा मागेको कुरालाई भने अस्वीकार गरेका छन्।

मन्त्री आलेले पछिल्लो समय राम्रो काम गरेर सबैतर्फ बाट तारिफ पाईरहेकाले उनलाई बदनाम गर्न अनेक षडयन्त्र गरिएको सचिवालयले जनाएको छ । सुनाैलाे नेपाल bata


Last Updated on: February 16th, 2022 at 12:59 pm
४४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया