मंगलबार ०३ जेठ २०७९

काठमाण्डौ-।

नेपाली काग्रेसका महामन्त्री गगन थापाले नेपाली काग्रेसले एमसीसीलाई चुनाव सँग दाँजेर नहर्ने बताएका छन् । लामो समय सम्म पनि एमसीसीका बिषयमा मौन बसेका काग्रेस महामन्त्री थापा पछिल्लो समय एमसीसी पास गराइहाल्न निकै जोडतोडले लागेका छन् । थापाले एमसीसी पास गर्ने कुरामा काग्रेसमा एक मत रहेको भन्दै पक्षमा मतदान गर्ने निर्णय भएको पनि जानकारी दिएका छन् ।

नेपाली काग्रेसले चुनाव हारिएलाकी जितिएला भनेर सत्ता र प्रतिपक्षमा हुँदा एमसीसीको बारेमा फरक फरक कुरा नगर्ने पनि थापाले प्रष्ट पारेका छन् । काग्रेसले प्रतिपक्षमा हुँदा पनि एमसीसी पास गर्नु पर्छ भनेको र अहिले सत्तामा हुँदा पनि त्यसै भनिरहेको थापाले बताएका छन् ।

थापाले निर्वाचनमा हानी हुन्छ भनेर कांग्रेसले एमसीसीका बारेमा फरक कुरा नगर्ने बताएका छन्। मंगलबार कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै महामन्त्री थापाले सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को कुरा आफूहरुले नगर्ने बताए।

उनले एमसीसीका कारण चुनावमा हानी पुग्ने केही सांसदहरुले बताएको भए पनि आफ्नो कर्तव्यबाट कांग्रेस च्यूत नहुने बताए। सरकारमा बस्दै गर्दा एउटा, प्रतिपक्षमा बस्दै गर्दा अर्को पोजिसन हामीले पनि लिने हो भने हामी अरु राजनीतिक दलभन्दा फरक हुँदैनौुं थापाले भने, ुकेही साथीहरुले निर्वाचनमा लाभ हानीको कुरा गर्नुभयो निर्वाचनमा हानी होला भनेर हामी आफ्नो कर्तव्यबाट च्यूत हुनु हुँदैन

थापाले एमाले सत्तामा हुँदा पास गर्नुपर्छ भनेको र अहिले आएर एमसीसी पास गर्ने षड्यन्त्र हुन लाग्यो भनेको भन्दै उदेक लागेको बताए। केपी ओलीले संसदमा पेस गरेको विधेयकलाई पारित गर्नुपरो भनेर भनिरहेका छौं, तर सोही दलका प्रमुख सचेतक विशाल भट्टराइले एमसीसी पास गर्ने षडयन्त्र हुँदैछ भन्नुभयो यो उदेक लागेको छ।

सभामुख अग्निप्रसाद सापकोटासँग प्रधानमन्त्री देउवाले कुराकानी गरेको बताउँदै थापाले संसदमा एमसीसी टेबल हुने सम्भावना रहेको बताए। एमसीसी बारे जनस्तरमा व्यापक प्रश्न उठेकाले व्यापक छलफल गरेर मात्रै एमसीसी पास गर्नु पर्छ भनेर यस अघि बताउँदै थापा अहिले भने जस्ताको तस्तै तुरुन्तै पास हुन पर्छ भन्ने लाइनमा पुगेका छन् ।

अमेरिकालाई च्यालेन्ज गर्ने प्रचण्ड यसरि भए सफल, ओली देउवा हेरेको हेरै….
दश वर्षे जनयुद्ध, अढाई सय वर्ष इतिहासको राज्य व्यवस्था पल्टाउन सक्नु अनि राजनीतिको केन्द्रमा रहनसक्नु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खूबी मान्नसकिन्छ ।

कुशल रणनीतिकार प्रचण्डले जोखिम पनि उठाउने गरेका छन् । उनी स्वयं जनयुद्ध हुँदै शान्ति प्रक्रिया र संविधान निर्माणमा उठाएको जोखिमको विषय राख्ने गर्छन् ।

यसपटक एमसीसीमा प्रचण्डले रणनीतिक चार्तुयता देखाएका छन् । सत्ता गठबन्धन निर्माणमा एमसीसीलाई अस्त्र बनाएको खुल्दै गएको छ ।उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त पत्र अमेरिकाको एमसीसीलाई लेखेर धेरै तथ्य उजागर भएको हो ।

सत्ता गठबन्धन निर्माणमा एमसीसी पारित गर्ने भद्र सहमति पनि कारण रहेको खुलेको छ । प्रचण्डले एमसीसीलाई लेखेको पत्र बाहिर आएपछि त्यसलाई रणनीतिक रुपमा लेखेको जवाफ दिए । उनले आफूलाई एमसीसीको पक्षमा नरहेको देखाइरहेका छन् ।

एमसीसीका कारण सत्ता गठबन्धन ढल्ने भएपछि प्रचण्डले रातारात भद्र सहमति गरेको खुल्दै गएको छ । उनले एमसीसीका लागि मार्ग प्रशस्त गर्ने भद्र सहमति देउवासँग गरेका छन् ।

नत्र देउवा रातारात गोप्य सहमति गरेर भोलिपल्ट आफ्ना सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गर्न लगाउँदैनथिए । हस्ताक्षर र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग तयार गर्न पुष्पा भुसाल खटिएकी थिइन् ।

महाभियोग लगाउने प्रचण्ड र माधव नेपालको मुख्य चाहना थियो जसलाई देउवाले पूरा गरिदिएका छन् । प्रचण्डले महाभियोगले सत्ता गठबन्धन झन् बलियो भएको अभिव्यक्ति दिन पुगे ।

माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टीको कानूनी वैधतालाई चुनौती दिने र औंला ठड्याउनेलाई सहन नसक्ने अभिव्यक्ति दिन पुगे । दुवै भनाई जबराप्रति केन्द्रित थियो ।

महाभियोग आएपछि सभामुख अग्निप्रसाद सापकोटा एमसीसीबारे लचिलो भए । केही हप्ता अघि गृहजिल्ला काभ्रे पुगी एमसीसीप्रति संकेत गर्दै आफू मनपरी सहेर नबस्ने भनेका उनले २ फागुनमा सर्वदीय बैठक डाकेर सकिएपछि पत्रकारको प्रश्नमा आफू अम्पायरमात्र भएको र निर्णयकर्ता दलहरु भएको बताए ।

उनले एमसीसी टेबल गर्ने संकेत गरेका छन् । काँग्रेसले ३ फागुनमा बैठक बसी एमसीसी प्रस्ताव सदनमा लाने निर्णय लिइसकेको छ ।प्रचण्डले एमसीसीमा राजनीतिक लेनदेनहरु गरेको घटनाक्रमले पुष्टि गर्दै लगेको छ । उनी यथास्थितिमा एमसीसी पास नगर्ने भन्दै बालिरहे ।

अहिले उनले मौनता साँधेका छन् । एमसीसी छापामार शैलीमा पारित गर्ने विभिन्न विकल्पसहित रणनीतिहरु चालिएका छन् ।सदनमा माओवादी सांसदहरु अनुपस्थित भइदिने र उपस्थितको बहुमतबाट पारित गर्ने रणनीतिहरु देखापर्दैछ ।

४८ माओवादी सांसद, २३ नेकपा एसका सांसद अनुपस्थित भइदिए उपस्थित संख्याको बहुमतका लागि एक सयभन्दा कम मत भए पुग्छ ।


Last Updated on: February 16th, 2022 at 2:16 pm
२७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया